सामाजिक सञ्जालले किशोर–किशोरीको मानसिक स्वास्थ्यमा हानी
काठमाडौं । सामाजिक सञ्जालले किशोर–किशोरीको मानसिक स्वास्थ्यमा हानी पुर्याउने एक अध्ययनले देखाएको छ ।
सामाजिक सञ्जालको प्रयोगले किशोर–किशोरीहरूमा नकारात्मक असर पर्ने, उनीहरूलाई विचलित पार्ने, निद्रामा बाधा पुर्याउने, उनीहरूलाई बदमाशी, अफवाह फैलाउने तथा अन्य व्यक्तिको जीवनमा अव्यवहारिक दृष्टिकोण राख्ने र साथीलाई दबाब दिने जस्ता समस्यामा पार्छ ।
सामाजिक तुलना र आउने प्रतिक्रियाका कारण किशोर–किशोरीहरूमा डिप्रेसनको लक्षण पनि देखिन थालेको छ । विभिन्न अध्ययनले सामाजिक सञ्जालले विज्ञले सोचेभन्दा पनि जटिल रूपमा किशोर–किशोरीहरूमा एन्जाइटी र डिप्रेसनलगायतका मानिसक समस्या निम्त्याउने देखाएको छ ।
सन् २०१९मा अमेरिकामा छ हजार पाँच सयभन्दा बढी १२ देखि १५ वर्ष उमेर पुगेकाको अध्ययनले दिनमा तीन घण्टाभन्दा बढी समय सामाजिक सञ्जाल प्रयोग गर्नेमा मानसिक स्वास्थ्य समस्याको बढी जोखिममा पर्न सक्ने देखाएको थियो ।
बेलायतमा १३ वर्षदेखि १६ वर्षसम्म उमेरसमूहका १२ हजारभन्दा बढी बालबालिकामा गरिएको अध्ययनले एक दिन तीन पटकभन्दा बढि सामाजिक सञ्जाल प्रयोग गर्नाले मानसिक स्वास्थ्य कमजोर हुने र दैनिक जीवनमा बाधा पुग्ने निष्कर्ष निलाकेको हो ।
सन् २०१६ मा चार सय ५० भन्दा बढी किशोर––किशोरीहरूमा भएको अध्ययनले अधिक र रातिको समयमा सामाजिक सञ्जालले प्रयोग निद्राको गुणस्तर घटाउने तथा एन्जाइटी र डिप्रेसनको उच्चस्तरसँग सम्बन्धित थियो ।