कानेगुजीको आधारमा मानसिक स्वास्थ्य बुझ्न सकिने

भक्तपुर न्यूज

२६ कार्तिक २०७७ १०:२३

कानेगुजीको आधारमा मानसिक स्वास्थ्य बुझ्न सकिने

काठमाडौं । अनुसन्धानकर्ताहरुले मानिसको कानेगुजीको आधारमा कुनै पनि व्यक्तिको मानसिक स्वास्थ तय गर्न सकिने नयाँ तथ्य पत्ता लगाएका छन् । सैंतिस जना सहभागी स्वयम् सेवक माथि गरिएको लामो अनुसनधान पछि कानभित्र जमेर बस्ने तैलिय कानेगुजी बन्ने प्रक्रियाले कार्टिसोल नमक मानिसमा तनाव उत्पन्न गराउने हर्मोनको मात्रालाई नापतौल गर्न सकिने तथ्य पत्ता लागेको हो ।

यस अनुसन्धानको नेतृत्व गर्ने डाक्टर एन्ड्रिस हेरेन भाभ्सले यस नयाँ तथ्यको सहयोगले डिप्रेसन लगायत अन्य मानसिक रोगहर पहिचान गर्न सजिलो हुने दावी गरेका छन् । साथै डा।भाभ्सले कानको जालीमा क्षति नपुराउने नयाँ प्रकारको स्वाव पनि विकास गरेका छन् ।

कार्टिसोल मानिस भित्रको लड्ने क्षमता दिने हर्मोन मानिन्छ । यसले तनावलाई प्रतिक्रिया जनाई मस्तिष्कमा संकेतहरु पठाउँदा प्रतिरोधात्मक प्रणाली देखि पाचन क्रिया र निन्द्रादेखि झण्डै मानव शरिरका सम्पूर्ण प्रणाली प्रभावित हुन्छन् । तर कार्टिसोलको भुमिकामा कुनै गडबड भयो भने चिन्ता लगायत डिप्रेसनलाई राम्ररी पहिचान गर्न सकिन्न । रगतमा कार्टिसोलको परिमाण नाप्ने गरिन्छ ।

प्रकाशित मितिः २०७७ कार्तिक २६ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *