तौल नियन्त्रणदेखि रक्तचाप सन्तुलनसम्म, यस्ता छन् एभोकाडोका फाइदा

भक्तपुर न्यूज

६ कार्तिक २०७७ ८:४३

तौल नियन्त्रणदेखि रक्तचाप सन्तुलनसम्म, यस्ता छन् एभोकाडोका फाइदा

काठमाडौं । एभोकाडो अर्थात् घ्यूफलमा भिटामिन, क्याल्सियम, आइरन, एन्टी–अक्सीडेन्ट र एन्टी–भाइरल गुणहरू भरपूर हुन्छन् । यसको नियमित सेवनले तौल नियन्त्रणमा रहन्छ र क्यान्सर जस्तो गम्भीर रोग पनि लाग्न पाउँदैन । अनि छालाको सुन्दरता पनि यसले कायम गर्छ ।

यसका अन्य फाइदा यसप्रकार छन् :

एभोकाडोमा भएका गुणहरूले शरीरमा क्यान्सरका कोशिकाहरू बन्न दिँदैनन् । अनि फ्री र्‍याडिकलसँग लड्दै यसले क्यान्सरको खतरालाई पनि कम गर्छ ।

रक्तचापको समस्या भएकाहरूले एभोकाडो अवश्य खानुपर्छ । यसमा भएको पोटेसियमले रक्तचाप नियन्त्रणमा राख्छ ।

यसले मुटुलाई पनि स्वस्थ बनाउँछ । हृदयघात र मुटुरोगको जोखिम यसले घटाउँछ ।

यसमा भएको मोनोअनस्याचुरेटेड फाइबर र भिटामिन ईले मस्तिष्क विकास गर्छ । अनि काम गर्ने क्षमता पनि बढाउँछ । बालबालिकालाई अवश्य पनि एभोकाडो खुवाउनुपर्छ ।

यसमा भएको पोषक तत्त्वले आँखा स्वस्थ राख्छ । आँखाको तेज बढाउनुका साथै मोतियाविन्दु जस्ता रोग पनि लाग्न दिँदैन ।

यसमा भिटामिन, प्रोटीन र फाइबर अत्यधिक हुनाले घरीघरी खाइरहन मन लाग्ने समस्या आउँदैन । त्यस्तो अवस्थामा शरीरको तौल पनि नियन्त्रणमा रहन्छ । अनि शरीरको मेटाबोलिजम रेट बढेर ऊर्जा र राम्रो क्यालोरी प्राप्त हुन्छ ।

यसको सेवनले पाचनप्रणाली बलियो हुन्छ र रोगप्रतिरोधक क्षमता पनि मजबूत हुन्छ । पेटको समस्या यसले निराकरण गर्छ ।

प्रोटीन र क्याल्सियम हुनाले यसले मांसपेशी र हाड बलियो बनाउँछ । अनि शरीरमा स्फुर्ति आउँछ ।

यसको सेवनले छाला भित्रैबाट स्वस्थ हुन्छ । परिणामस्वरूप अनुहारमा चाउरी पर्ने अनि बुढ्यौलीका अन्य लक्षणहरू देखिँदैनन् । यसको रस वा तेल छालामा लगाउँदा सुक्खा वा क्षतिग्रस्त छालाको समस्या हुन पाउँदैन । छाला दागरहित, चम्किलो र नरम हुन्छ ।

शारीरिक सुगठन गर्ने पुरुष र महिलाले एभोकाडोको सेवन गर्दा फाइदा हुन्छ । यसले मांसपेशी र हाड बलियो बनाउँछ र दिनभरि फुर्तिलो अनुभव गराउँछ । दूध र मह मिसाएर एभोकाडो खानुभयो भने दोब्बर काम गर्छ ।

प्रकाशित मितिः २०७७ कार्तिक ०६ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *