इम्युनिटी पावर बढाउन नवरात्रीका समयमा खानुहोस् यी खानेकुरा

भक्तपुर न्यूज

४ कार्तिक २०७७ ९:३२

इम्युनिटी पावर बढाउन नवरात्रीका समयमा खानुहोस् यी खानेकुरा

काठमाडौं । अहिले विश्वब्यापी रुपमा कोरोना भाइरसको महामारी फैलिरहेको छ । जसको प्रकोप नेपालमा पनि तीब्र रुपमा बढिरहेको छ । यही मेसेमा हिन्दु नेपालीहरुको महान पर्व दशैँको नवरात्र चलिरहेको छ ।

विशेष गरी यो समयमा मानिसहरु उपवास बस्ने गर्छन् । तर यो बेला कोरोना भाइरसका कारण पर्नसक्ने असरबाट बच्न इम्यूनिटी बढाउने खानेकुार खानुपर्छ ।

व्रत बसेका बेला के खाने ?

१- नवरात्रको बेला सात्विक भोजन गरिन्छ । यसबेला हरियो शब्जी र फलको धेरै सेवन गर्नुहोस् । यसले इम्यून सिस्टमलाई तन्दुरुस्त राख्छ ।

२- ५ वटा बदाम, १ ओखर र ५ किसमिस हरेक बिहान र रातमा पनि यो खाने गर्नुहोस् । साथै बिहान पूजा सकेपछि एक कप चिया पिउनुहोस् । यसले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

३- बिहान ब्रेकफास्टको बेला १ कप दूध र नुन बिनाको रोस्टेड मखन खानुहोस् ।

४- एक कप दूधमा केरा मिसाएर खानुहोस् ।

५- मौसमी, निबुवा, मौसम जस्ता फलफूलहरु खाने गर्नुहोस् ।

६- दोश्रो प्रहरमा नरिवलको पानी पिउनुहोस् ।

७- साँझ पूजा सकिएपछि खिचडी वा सावुदाना खानुहोस् ।

८- डिनर पहिला वा पछि तरकारीको सुप, शाकाहारी सुप पिउनुहोस् । एजेन्सीको सहयोगमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *