कोरोना संक्रमितले उपचार खर्च आफैं बेहोर्नू सिभिल अस्पतालको आग्रह

भक्तपुर न्यूज

३ कार्तिक २०७७ १०:३५

कोरोना संक्रमितले उपचार खर्च आफैं बेहोर्नू सिभिल अस्पतालको आग्रह

काठमाडौं। सरकारले कोरोना संक्रमितको उपचार खर्च नब्यहोर्ने निर्णय गर्‍यो। जुन निर्णय हिजो (कात्तिक २ गते) देखि कार्यान्वयमा आएको छ।

सरकारको उक्त निर्णयपछि सरकारी अस्पतालहरू कार्यान्वयनमा जान थालेका छन्। काठमाडौंस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालले संक्रमितहरूलाई आफैंले उपचार खर्च र खाना खर्च बेहोर्न भनेको छ।

कोरोनापीडितका नाममा सूचना जारी गर्दै भनिएको छ, “नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयानुसार यस अस्पतालमा कोराना संक्रमण भई उपचाररत बिरामीहरुले कात्तिक २ गतेदेखि लागू हुनेगरी सम्पूर्ण खर्च बिरामी स्वयंले बेहोर्नुपर्ने जानकारी गराइन्छ।”

त्यस्तै खानाका लागि अस्पतालको क्यान्टिनमा नगद धरौटी राखेर मात्र उपलब्ध गराइने जनाएको छ। सूचनामा भनिएको छ, “खाना अस्पताल क्यान्टिनमा नगद धरौटी राखी उपलब्ध हुने व्यहोरा जानकारी गराइन्छ।”

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा कोरोनाको परीक्षण तथा उपचार खर्च स्वयं व्यक्तिले नै बेर्होनुपर्ने निर्णय गरेको जानकारी दिएका थिए।

प्रकाशित मितिः २०७७ कार्तिक ०३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *