सास फेर्न गाह्रो हुने समस्या सामधान गर्ने यस्ता छन् घरेलु उपाय

भक्तपुर न्यूज

३ कार्तिक २०७७ ८:३१

सास फेर्न गाह्रो हुने समस्या सामधान गर्ने यस्ता छन् घरेलु उपाय

काठमाडौं ।  सास फेर्न गाह्रो हुँदा असहज र कष्टकर अनुभव हुने गर्छ । सिढीमा चढेपछि वा रुघाखोकीबाट पीडित हुँदा सास फेर्न गाह्रो हुन्छ ।

सास फेर्न गाह्रो हुने समस्या धेरै कारणले हुन सक्छ । यो अस्थायी वा केही गम्भीर स्वास्थ्य अवस्थाको कारण पनि हुन्छ ।

कहिलेकाँही सास फेर्दा देखिने समस्यालाई घरमै सजीलै समाधान गर्न सकिन्छ । तर, प्रत्येक दिन वा लगातार सास फेर्न समस्या भएमा चिकित्सकसँग परामर्श लिनु पर्ने हुन्छ ।

सास फेर्न गाह्रो हुने समस्या भए गर्न सकिने घरेलु उपायः

अदुवा वा अदुवा हालेको चियाले फाइदा गर्छ । अदुवाले श्वासप्रश्वासको संक्रमणको कारण हुने सासको समस्यालाई कम गर्न मद्दत गर्छ ।

अदुवामा भएको एन्टी–इन्फ्लेमेटरी गुणका कारण फोक्सो फुल्ने समस्यालाई कम गर्न सक्छ । रुघाखोकी वा फ्लुबाट पीडित भएको कारण सास फेर्न गाह्रो महसुस भइरहेको छ भने नाकमा सिँगान र फोक्सोमा खकार भरिएको कारणले हुन सक्छ ।

खकार तथा सिँगान हटाउनका लागी वाफ लिन सकिन्छ । वाफ लिदा सास फेर्ने मार्ग खाली हुन्छ र सास फेर्न सहज हुन्छ ।

असहज महसुस भएमा वा सास फेर्न गाह्रो भएको बेला, चिसो हावाको लागी फ्यानको नजिकै बस्न सकिन्छ । सास फेर्दा हावाको शक्ति महसुस गर्नाले शान्त हुन मद्दत गर्छ ।

सीधा भइ आरामदायी पोजिसनमा भुईं वा कुर्सीमा बसी बिस्तारै नाकबाट ४ देखि ५ सेकेन्डका लागि सास तानेर मुखबाट सास फेर्दा सहज हुन्छ ।

मांसपेशीलाई कडा हुन नदिन कफीमा भएको क्याफिनले पनि मद्दत गर्न सक्छ । कफी दमाबाट पीडित व्यक्तिको लागि एकदम प्रभावकारी साबित भएको छ । कालो कफीले फोक्सोको कार्य सुधार गरी सास फेर्दा हुने समस्यालाई हटाउन मद्दत गर्छ ।

प्रकाशित मितिः २०७७ कार्तिक ०३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *