शुभकार्य गर्नु अघि किन खाइन्छ दही ?

भक्तपुर न्यूज

२७ असोज २०७७ ८:३२

शुभकार्य गर्नु अघि किन खाइन्छ दही ?

काठमाडौं । हिन्दु परम्पराअनुसार कुनै पनि कार्य गर्दा वा लामो यात्रा गर्नु अघि दही खाँदा शुभ मानिन्छ। त्यस्तै कुनै महत्वपुर्ण परीक्षा दिनु अघि पनि गुलियो दहीको सेवन गर्ने गरिन्छ। यसमा दुवै वैज्ञानिकता तथा पारम्परिक विश्वास रहेको छ। पारम्परिक तथा शास्त्रीय मान्यता अनुसार कुनै पनि कार्य, यात्रा वा महत्वपुर्ण परीक्षा दिनु अघि दहीको सेवन गर्नु मंगलकारी वा शुभ मानिन्छ। यसले सकारात्मक उर्जा बढाउने गर्दछ । त्यस्तै दहीमा चिनी मिसाएर सेवन गर्दा मानिसको शारीरिक तथा मानसिक उर्जा बढेर आउने विश्वास छ।

त्यस्तै, यसको वैज्ञानिकतालाई हेर्ने हो भने आयुर्वेदमा दहीलाई चिसो तथा पौष्टिक खाना रुपमा लिइन्छ। यसले पाचन प्रणालीलाई शान्त बनाइ पेटलाई सफा राख्न मद्दत गर्दछ। यसैगरी, यसमा भएका गुणहरुले स्मरण शक्ति बढाउनुका साथै मानिसको एकाग्रतालाई वृद्धि गर्ने गर्दछ।

यसका साथै दहीमा चिनी मिसाएर खाँदा सकारात्मक ऊर्जा बढ्ने गर्छ भने कुनै नौलो कार्य, यात्रा तथा परीक्षा दिनु अघि मानिसको मनमा अनेकौ सोचाई आउने गर्दछ जसले तनावको स्थिति सृजना निम्त्याउँछ । मानसिक तनाव कम गर्न र सम्पूर्ण शरीरलाई आनन्दायी बनाउन दही र चिनीको सेवन गर्ने चलन छ।

प्रकाशित मितिः २०७७ असोज २७ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *