क्यान्सर कारक तत्व र हावा शुद्धीकरण गर्ने यी पाँच बिरुवा

भक्तपुर न्यूज

१९ असोज २०७७ ९:४५

क्यान्सर कारक तत्व र हावा शुद्धीकरण गर्ने यी पाँच बिरुवा

काठमाडौं। नासाको एउटा अनुसन्धानले घरभित्र लगाइने विरुवाले कार्बनडायोक्साइडलाई अक्सिजनमा बदल्नुको साथै क्यासरजस्तो प्राणघातक रोगको कारण बन्ने बेंजिन र फर्मेल्डिहाइडजस्ता ग्याँसहरुलाई शुद्धिकरण गर्ने बताएको छ ।

वैज्ञानिकका अनुसार हरेक व्यक्तिलाई प्रतिघण्टा ५० लिटर अक्सिजन आवश्यक पर्छ । विरुवाको एउटा पातले प्रतिघण्टा पाँच मिलिलीटर अक्सिजन उत्सर्जन गर्छ । आवश्यक अक्सिजन पूर्तिका लागि एउटा कोठमा कम्तिमा दश हजार पातहरु हुन आवश्यक छ । लगभग तीन सयदेखि पाँच सय विरुवाहरुले मात्र आवश्यक मात्रामा अक्सिजन दिनसक्छ । आज हामी तपाईलाई केही त्यस्ता विरुवाहरुको बारेमा बताउँछौं जसले हावालाई शुद्धीकरण गर्ने र अक्सिजन उत्सर्जन गर्ने काम गर्छ ।

१. बाँस्टन फर्न

Wholesale Fern True Boston Massii Rooted Plug Liners

बाँस्टन फर्नलाई लगाएपछि धेरै स्याहारको आवश्यक पर्छ । यसलाई थोरै ओसिलो स्थानमा सूर्यको किरणहरुबाट बचाएर राख्नुपर्छ । यसलाई डाइनिङ या बाथरुममा राख्न सकिन्छ । यसका पातले कोठालाई सजाउनुको साथै त्यहाँ रहेका विशाक्त हावाहरुलाई शुद्धिकरण गर्ने काम गर्छ ।

२. एलोवेरा

एलोवेराका फाइदाहरुबाट कोही अनविज्ञ छैनन् । यो विरुवाका लागि धेरै पानीको आवश्यक पर्दैन । यसलाई कोठामा सजावटका लागि साथै हावा शुद्धिकरणका लागि पनि लगाउन सकिन्छ ।

३. एरेका पाम

जहरीली हवा से बचाएंगे ये पौधे, नेचुरल एअर प्यूरीफायर का करते हैं काम - these plants will save from poisonous air

एरेका पामले कार्बनडायोक्साइडलाई अक्सिजनमा बदल्ने काम गर्छ । यसको स्याहारका लागि पातहरुलाई दैनिक सफा गर्नुपर्छ । तीन/चार महिनाको अन्तरालमा यसलाई एकपटक घामको किरण देखाउनुपर्छ । यसलाई रोप्नका लागि नरम माटोको प्रयोग गर्नुपर्छ । सतहभन्दा थोरै तल माटो सुख्ख हुनुवित्तिकै विरुवालाई पानी दिनुपर्छ ।

४. मनी प्लान्ट

मनी प्लान्ट एक किसिमको लहरादार विरुवा हो । यो विरुवा एकदमै कम किरणमा पनि बाँच्न सक्छ । यसलाई पानी र माटो दुबैमा उमार्न सकिन्छ । यसमा हावामा रहेको कार्बनडायोक्साइडलाई लिन र अक्सिजन उत्सर्जन गर्नसक्ने क्षमता हुन्छ । यसले हामीले लिने हावालाई शुद्धिकरण गर्न सहयोग गर्छ ।

५. पाइन प्लान्ट

Italian Stone Pine Indoors (Pinus pinea) | My Garden Life

Araucaria heterophylla "Norfolk Island Pine Tree" | Buy Online | Green Souq  UAE

घरको हावालाई शुद्ध बनाउनका लागि देवदारको विरुवा निकै प्रभावकारी मानिन्छ । यसका पातहरु साना हुन्छन् । यसलाई धेरै स्याहारको आवश्यक पर्दैन । तर समय समयमा यसको काँटछाँट गर्नुपर्छ ।

६. स्नेक प्लान्ट

हमारे बड़े काम का लेकिन नाम से बदनाम है ये पौधा, कहते हैं 'सास की जुबान' - Everything you need to know about Snake Plant aka Mother-in-Law's tongueTV9 Bharatvarsh

सर्प विरुवाको नामले परिचित विरुवाले तपाईको कोठाको सौन्दर्यता बढाउनुको साथै कोठामा घुम्ने विशाक्त प्रदुषित हावालाई सफा गर्ने काम गर्छ । यसलाई बढाउनका लागि घामको थोरै किरण पनि काफी हुन्छ । साथै यसलाई पानीको पनि धेरै आवश्यक पर्दैन । यसलाई घर तथा अफिस केबिनमा लगाउन सकिन्छ ।

प्रकाशित मितिः २०७७ असोज १९ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *