थाहा पाउनुहोस्, यस्तो अवस्थामा एलोभेरा बन्न सक्छ विष

भक्तपुर न्यूज

६ असोज २०७७ ८:१६

थाहा पाउनुहोस्, यस्तो अवस्थामा एलोभेरा बन्न सक्छ विष

काठमाडौं । हामीले एलोभेराको फाइदाका बारे मात्रै धेरै सुन्दै आएका छौ । तर तपाईलाई यसको बेफाइदाबारे थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।

अत्यधिक प्रयोग
एलोभेरामा पाइने लैक्सेटिवले तपाईलाई विभिन्न नकरात्मक प्रभावहरु पार्न सक्छ । एलोभेरा छालाका लागि वरदान सावित हुन्छ भने कतिपय अवस्थामा यसको प्रभाव उल्टो पर्न जान्छ । यसको अत्याधीक प्रयोगले छालामा बिबिरा, रातोपना र चिलाउने समस्या आउन सक्छ ।

न्युन रक्तचाप भएकाहरूका लागि विष

एलोभेराको दैनिक सेवनले रक्तचाप कम हुन्छ । उच्च रक्तचाप समस्या भएकाहरुलाई यसको सेवन फाइदाजनक हुन्छ तर न्युन रक्तचापका लागि यो विष साबित हुनसक्छ ।

मुटुको समस्या

मुटु सम्बन्धी समस्या भएका मानिसहरु एलोभेराको सेवनबाट टाढा रहनुपर्छ । यसको दैनिक सेवनले अनियमित धड्कन र कमजोरीको समस्या हुन्छ ।

कब्जियतको समस्या

यदि तपाईलाई कब्जियत वा मलमुत्रको समस्या छ भने एलोभेराको जूस सेवन गर्नबाट बच्नु उपयुक्त हुन्छ । एलोभेरा जूसमा पाइने लैक्सेटिवले इरिटेबल बावेल सिंड्रोमको समस्या बढाउँछ । यसको सेवनले पखाला, पेट दुख्ने र लूज मोशनको स्थिति आउन सक्छ ।

शरीरमा पानीको कमी वा डिहाइड्रेशन

एलोभेराको सेवनले शरीरमा पानीको कमी वा डिहाइड्रेशन उत्पन्न गराउन सक्छ । एलोभेरामा पाइने लैटेक्सले शरीरको मांशपेशीलाई कमजोर बनाउँछ । यसकारण चिकित्सकको सल्लाह बिना यसको सेवन गर्नु हुँदैन ।

गर्भवती महिला समस्या

गर्भवती महिलाले यसको सेवन गर्नु हुँदैन । यसमा पाइने लैक्टेटिंग प्रोपर्टीले गर्भवती महिलामा समस्या ल्याउन सक्छ । यसको सेवनले पाठेघर साँघुरो हुनसक्छ, जसले गर्दा बच्चा जन्मने क्रममा समस्या आउँछ ।

प्रकाशित मितिः २०७७ असोज ०६ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *