हरियो सिमी खानुका फाइदाहरू

भक्तपुर न्यूज

२ असोज २०७७ ४:०९

हरियो सिमी खानुका फाइदाहरू

काठमाडौं। हरियो तरकारीहरू शरीरका विभिन्न रोग हटाउन र शरीरलाई स्वास्थ्य राख्नका लागि आवश्यक हुन्छ । त्यसमा पनि विभिन्न प्रकारका हरियो सिमीमा विभिन्न खालका प्रोटिन, फाइबर, भिटामिन ए, सी र के का साथै फोलेट, थियामिन, रिबोफ्लाभिन, फलाम, म्याग्नेसियम र पोटासियम जस्ता तत्वहरू प्रशस्त मात्रामा पाइन्छ ।

हरियो सिमीमा थोरै मात्रामा क्यालोरी हुने हुँदा यसले घातक प्रकृतिका रोगविरुद्ध लड्ने शक्ति प्रदान गर्छ । हरियो सिमीको सेवनले शरीरलाई मोटोपना, मधुमेह तथा मुटुको रोग हुने सम्भावना कम गर्न मद्दत गर्छ ।

चिल्लो कम हुने हुँदा कोलेस्टेरोल नियन्त्रण भएर मुटुसम्बन्धी रोग लाग्न दिँदैन । शिशुलाई श्वासप्रश्वाससम्बन्धी समस्या नहोस् भनेर गर्भावस्थामा महिलालाई हरियो सिमीको सेवन गर्न जरुरी हुन्छ ।

शरीरमा भिटामिन ‘के’ को कमी हुँदा हड्डी भाँचिने खतरा बढेर जान्छ । एक कचौरा हरियो सिमीमा शरीरलाई चाहिने भिटामिन ‘के’ प्रशस्त मात्रामा दिने हुँदा हड्डीको स्वास्थ्य सप्रिनुका साथै क्याल्सियमको मात्रा बढाउँछ ।

हरियो सिमीमा उच्च मात्रामा क्लोरोफिल पाइन्छ जसले शरीरमा क्यान्सर उत्पादन गर्ने तत्व उत्पन्न हुन दिँदैन । हरियो सिमीले शरीरमा होमोसिस्टाइन प्रक्रियालाई अवरुद्ध गर्छ । शरीरमा हुने होमोसिसइन प्रक्रियाले गर्दा मस्तिष्कमा रगत र पोषक तत्वहरूको आपूर्तिमा समस्या आउँछ ।

यो प्रक्रिया बढेमा शरीरमा विभिन्न हर्मोनको उत्पादन घटेर जान्छ र तनाब उत्पन्न हुन थाल्छ । हर्मोनको कमीका कारण भोक कम लाग्ने, थकाई लाग्ने, निन्द्रा बिग्रने, रिस उठ्ने, उदास हुने जस्ता लक्षण देखा पर्न थाल्छ ।

प्रकाशित मितिः २०७७ असोज ०२ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *