गुलियो पदार्थको सेवनले मृत्यु निम्ताउन सक्छ

भक्तपुर न्यूज

२ असोज २०७७ ३:१३

गुलियो पदार्थको सेवनले मृत्यु निम्ताउन सक्छ

काठमाडौं। गुलियो पदार्थका कारण समय अगावै निधन हुने सम्भावना बढ्ने देखाएको छ ।

हार्भर्ड विश्ववद्यालयको टीएच चान स्कूल अफ पब्लिक हेल्थले प्रकाशित गरेको अनुसन्धानका अनुसार धेरै गुलियो पदार्थको सेवनले मानिसको असामयिक निधनको खतरा बढ्ने देखाएको हो ।

३० वर्ष उमेरभन्दा माथिका ३७ हजार पुरुष र ८० हजार महिलामा गरिएको अनुसन्धानले गुलियो पेयपदार्थको असर मोटोपनभन्दा घातक हुनसक्ने देखाएको हो ।

अनुसन्धानले महिनामा एक पटकभन्दा कम गुलियो पेय पदार्थ पिउनेभन्दा महिनामा एकदेखि चार पटक पिउनेहरूमा खतरा एक प्रतिशतले बढ्ने देखाएको छ ।

त्यस्तै, हप्ताको दुई देखि छ पटक पिउनेहरूमा खतरा छ प्रतिशतले बढ्ने, दिनमा एक वा दुई पटक पिउनेहरूमा १४ प्रतिशत बढ्ने र दैनिक दुईभन्दा बढी पटक पिउनेहरूमा २१ प्रतिशतले बढ्ने निष्कर्ष निकालेको छ ।

प्रमुख अनुसन्धानकर्ता वसन्ती मलिकका अनुसार अनुसन्धानले गुलियो पेयपदार्थको अत्यधिक सेवनले मुटुसम्बन्धी समस्याबाट हुने असामयिक निधनका बीच गहिरो सम्बन्ध रहेको देखाएको छ ।

प्रकाशित मितिः २०७७ असोज ०२ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *