स्वास्थ्यवर्द्धक फल रम्बुटान : के-के छन् फाइदा?

भक्तपुर न्यूज

१ असोज २०७७ १०:२४

स्वास्थ्यवर्द्धक फल रम्बुटान : के-के छन् फाइदा?

नेपालमा अहिले एउटा फलको निकै चर्चा हुने गरेको छ, त्यो हो रम्बुटान। यो फल जुन देख्नमा निकै आकर्षक छ। बाहिर झुसिलो काँडा भएको रेभित्र सेतो गुदी भएको यो फल स्वास्थ्यका लागि निकै राम्रो मानिएको छ। काँचोमा केही अमिलो हुने र पाकेपछि गुलियो हुने यो फल लिची जस्तै आकारको हुन्छ। तर लिचीभन्दा निकै आकर्षक देखिन्छ। रम्बुटान सेपिन्डेसी परिवारमा पर्ने मध्यम आकारको उष्णकटिबन्धीय रुख हो। यो फल गल्फ बल साइजको हुन्छ र बाहिर कर्ली झुस जस्तो देखिन्छ।

यसको नेपाली नामकरण नभेटिए पनि वैज्ञानिक नाम नेफेलियम लाफाकियम हो। ट्रोपिकल फलहरुमध्ये रम्बुटान  एक उत्कृष्ट फल हो। यो फलमा पर्याप्त आइरन, भिटामिन सी, कपर, एन्टिटक्सिन पाइन्छ।

श्रीलंका, मलेसिया, थाइल्यान्ड, बर्मा, भारत, भियतनाम, फिलिपिन्स, इन्डोनेसियामा प्रशस्त पाइन्छ। रम्बुटान शब्द मलाय शब्दबाट आएको हो र यसको अर्थ हो कपाल। त्यसै कारण यो फलको नाम रम्बुटान रहन गएको हो। जुन फलको बाहिरी भाग कपाल जस्तो जुनड्रुङ हुन्छ।

यो फलको भित्री भागमा एउटा मात्र कडा खालको हाडे बिया हुन्छ, त्यसै कारण यो फललाई ट्रोपिकल फ्रुट पनि भनिन्छ। गर्मी मौसममा यो फल निकै राम्रो मानिन्छ। यो फल पछिल्लो समयमा आएर नेपालमा पनि निकै लोकप्रिय बनेको छ।

पोथ्रापोथ्रा रुख हुने यो फल पाक्न थालेपछl निकै रमणीय देखिन्छ र राम्रो आम्दानीको स्रोत पनि मानिएको छ। यसलाई एक बहुआयामिक फलको रुपमा लिइन्छ। यो फलको जाम, पुरी, जुस, स्मुथी, लस्सी, सलाद आदि बनाएर जसरी खाँदा पनि हुन्छ।

बालुवा, माटो, कम्पोस्ट मल मिसाएर यो फल घरमा पनि सार्न सकिन्छ। यसको दानाबाट बेर्ना निकालिन्छ र नर्सरीहरुमा सहज रुपमा बेर्ना उपलब्ध हुन्छ। आफैं दाना उमार्ने हो भने बेर्ना निकाल्न १० देखि ६ दिन लाग्छ तर दाना विज्ञसँग सल्लाह गरेर मात्र लिँदा राम्रो मानिन्छ।

रुम्बाटान फलका फाइदा


–    डाइबिटिजका बिरामीका लागि उपयोगी फल मानिन्छ।
–    शरीरको वजन सन्तुलनका लागि यो फल उत्तम मानिएको एक अध्ययनले देखाएको छ।
–    मुटु सम्बन्धी समस्या निदान गर्न उत्तम फल हो।
–    हड्डीको मजबुतीका लागि पनि उत्तम मानिएको छ।
–    क्यान्सर जस्ता खतरानाक रोग रोकथामका लागि उत्तम मानिन्छ।
–    यो फललाई इनर्जी बस्टरका रुपमा लिइने हुँदा शरीरिक शक्तिका लागि पनि नियमित खान सकिन्छ।
–    पाचन शक्तिका लागि पनि यो फल खाँदा राम्रो मानिन्छ।
–    यो फलमा भिटामिन सी प्रशस्त पाइने हुँदा चिलाउने समस्या र कपालको समस्या हुनेलाई पनि राम्रो मानिएको छ।
–    छाला सम्बन्धी समस्या हुनेलाई पनि राम्रो मानिन्छ।
–    किड्नीको सफाइका लागि पनि यो नियमित खाँदा राम्रो मानिन्छ।
–    कोलेस्टेरोल घटाउन पनि उत्तम साबित भएको छ।
–    बलियो दाँतका लागि पनि रम्बुटान फल राम्रो मानिन्छ।
–    शरीरमा भएको अनावश्यक बोसो कटाउन पनि राम्रो फल हो।
–    रातो र सेतो रक्तकोषिका बढाउन सहयोगी साबित।
–    इम्युनिटी पावर बढाउन उत्तम मानिन्छ।
–    सामान्य बिरामीका लागि पनि राम्रो औषधि मानिन्छ रम्बुटान।

प्रकाशित मितिः २०७७ असोज ०१ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *