बच्चाहरूले खाना खाएनन् भने यो विधि अपनाउनुस्

भक्तपुर न्यूज

३१ भदौ २०७७ ८:२८

बच्चाहरूले खाना खाएनन् भने यो विधि अपनाउनुस्

काठमाडौं । आजभोली मातापितालाई एउटै मात्र गुनासो रहन्छ । बच्चालाई भोकै लाग्दैन । केही खाइदिँदैन । खाना नखाएकाले ऊ कमजोर हुँदै गएको छ ।

बच्चाले नखाइदिनाले मातापिताले तनाव लिने गरेका छन् । अनि आवश्यकताअनुसार स्वस्थ आहार नपाउँदा बच्चाको शारीरिक र मानसिक विकास हुन पाउँदैन ।

प्रायः बच्चाहरूलाई भोक लागेन भनेर औषधि दिइन्छ । औषधि खाउन्जेल भोक लाग्छ अनि औषधि छोडेपछि भोक पनि बन्द हुन्छ ।

बच्चालाई ब्रेकफास्ट दिने गर्नुपर्छ । हाम्रो शरीर रातभरि उपवास गर्छ । सुत्नु र उठ्नुका बीच सात घन्टाको ग्याप हुन्छ । यो रातभरिको उपवासलाई सही मेटाबोलिजमतर्फ लग्नुपर्छ । अनि यसका लागि ब्रेकफास्ट आवश्यक हुन्छ । ब्रेकफास्टबाट मेटाबोलिक प्रक्रिया सही तरिकाले सुचारु हुन्छ र बच्चालाई भोक लाग्न थाल्छ ।

बिहान ब्रेकफास्ट नगर्ने बच्चाको भोक कम हुन्छ । त्यसैले पहिले उनीहरूलाई अवश्यै खाजा खुवाउनुस् । यसले मेटाबोलिजम नियन्त्रणमा राख्छ र बच्चालाई भोक लाग्छ ।

बच्चालाई अलिअलि गरी खुवाउनुस् । अनि बच्चाले खाएन भनेर दूध त पिइहाल्छ भनी आवश्यकताभन्दा बढी दूध दिँदा एक्सेसिभ मिल्क सिन्ड्रोम हुन्छ र बच्चालाई भोक कम लाग्छ ।

अनि खानापछि फ्रुट डेजर्ट दिँदा पनि बच्चा खानाप्रति आकर्षित हुन्छ । फलफूल खाँदा बच्चाको मेटाबोलिजम राम्रो रहन्छ ।

बच्चालाई फ्याट भएको खानेकुरा दिनुहुँदैन । त्यस्तो खानेकुराले भोक घटाउँछ ।

अनि बच्चाको व्यायाम र शारीरिक गतिविधि बढाउनुस् । टीभी र मोबाइल कम हेर्न दिनुस् । बच्चाको भोक बढाउनका लागि आउटडोर एक्टिभिटी बढाउनुस् ।

बसी बसी खुवाउँदा बोसो बढ्छ । बच्चालाई सही पोषण दिएर राम्रो विकास गराउनुस् ।

तातो वातावरणमा भोक नलाग्ने भएकाले बच्चालाई भान्सामा खाना नखुवाउनुस् । खाना खुवाउने ठाउँमा ताजा हावा आउनुपर्छ । यसले दिमाग शान्त रहन्छ र बच्चाले मन लगाएर खाना खान्छ ।

बच्चालाई भोक लागेन भने स्याउ खान दिनुस् । यसले बच्चाको रगत सफा गरिदिन्छ र भोक लगाइदिन्छ । स्याउसँग बीरेनून पनि दिनुहोला । बच्चोले स्याउ खाएन भने जुस पिलाउनुभए हुन्छ ।

पुदीनाको प्रकृति चिसो हुन्छ । अलिकति पुदीनाको रसमा मह मिसाउनुस् र यो मिश्रणलाई एक चम्चा मनतातो पानीका साथ खुवाउनुस् । यसो गर्दा पेट सफा हुन्छ र भोक लाग्न शुरु गर्छ ।

हरिया सागसब्जी बच्चालाई खुवाउनुभयो भने कब्जियतबाट राहत प्राप्त हुन्छ र पेटमा ग्यास जम्न पाउँदैन । अनि बच्चोलाई भोक लाग्छ ।

प्रकाशित मितिः २०७७ भदौ ३१ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *