अब भाइबरमा नेपाली भाषामै महजोडीको स्टिकर

भक्तपुर न्यूज

३० भदौ २०७७ ९:१४

अब भाइबरमा नेपाली भाषामै महजोडीको स्टिकर

काठमाडौं । फेसबुक, ट्वीटर, भाइबरजस्ता सामाजिक सञ्जालमा स्टिकरको प्रयोग बढ्दै गएको छ । देखेर प्रक्रिया जनाउने भन्दा स्टिकर पठाउने प्रयोगकर्ताको रुचीलाई ध्यानमा राख्दै भाइबरले नेपाली भाषामै नयाँ स्टिकर ल्याएको धेरै वर्ष भइसकेको छ ।

तर, यसपटक भाइबरले नेपालका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको तस्बिर अंकित नयाँ स्टिकर ल्याएको छ । भाइबरले महजोडीको विभिन्न भाव झल्कने तस्बिर र छोटा शब्द अंकित स्टिकर प्रयोगमा ल्याएको हो ।

अब भाइबरमा महजोडीको स्टिकर 

हरिवंश आचार्यले आफूहरु भाइबरसँग जोडिएको जानकारी दिएका छन् । नेपालमा लाखौं प्रयोगकर्ता रहेको भाइबरले नेपालीलाई लक्षित गरि बेला बेला फरक फरक स्टिकर ल्याउने गरेको छ । उक्त स्टिकर च्याटमा कुरा गर्दा प्रयोग गर्न सकिन्छ ।

प्रकाशित मितिः २०७७ भदौ ३० मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *