बहुउपयोगी बन्दा स्वास्थ्यका लागि फाइदै फाइदा

भक्तपुर न्यूज

२७ भदौ २०७७ २३:२२

बहुउपयोगी बन्दा स्वास्थ्यका लागि फाइदै फाइदा

काठमाडौं । विशेषगरी मःम, चाउमिनमा मात्र अधिकांश मानिसहरूले बन्दा खाने गर्छन् । तर, बन्दाकोभीलाई तरकारी तथा काँचै सलादको रूपमा पनि खाने गरिन्छ । बन्दामा फाइबर, बिटा क्यारोटिन, भिटामिन ’बी १’, ’बी ६’, भिटामिन ’के’, ’ई’, मिनरल्स, सल्फरका साथै प्रशस्त मात्रामा आइरन पाइन्छ ।

बन्दाको सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा वृद्धि गराएर शरीरलाई स्वस्थ राख्नुका साथै विभिन्न रोग लाग्नबाट पनि बचाउँछ । बन्दामा प्रशस्त मात्रामा पाइने फाइबरले खानालाई छिट्टै पचाउन मद्दत गरी ग्याँस्टिक, कब्जियत तथा अल्सरजस्ता पेटसम्बन्धी समस्याहरूबाट छुटकारा पाउन सकिन्छ । यसमा न्यून मात्रामा फ्याट हुने हुँदा यसको नियमित सेवनले शरीरको बोसो घटाएर तौल कम गर्न मद्दत गर्छ ।

यसमा सुगरको मात्रा पनि निकै कम हुँदा कम भोक लाग्छ र कम खादा शरीरको अनावश्यक तौल नियन्त्रणमा आउँछ । बन्दाको सेवनले रगतको कोष निर्माणमा मद्दत पु¥याउँछ जसले एनिमिया तथा शरीरमा रगतको कमी हुन दिँदैन । यसको नियमित सेवनले रक्तचापलाई नियन्त्रणमा ल्याएर विभिन्न मुटुसम्बन्धी रोग हुने सम्भावना कम गराउँछ ।

बन्दामा डिनडली मिथेन, सिनिग्रिन, ल्युपेल, सल्फोरेन, इन्डोल थ्री कार्बिनल जस्ता तत्व हुन्छन् जसले क्यान्सरबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छन् । बन्दाकोभीको नियमित सेवनले खासगरी पेटको अल्सर, महिलामा हुने स्तन क्यान्सर, पुरुषमा हुने पोस्टेट क्यान्सरका साथै क्यान्सर जस्ता भयानक रोग लाग्नबाट बचाउँछ ।

बन्दाकोभीमा प्रशस्त मात्रामा भिटामिन ’ए’ हुन्छ जसले आँखा तेजिलो बनाउनुका साथै आँखासम्बन्धी हुने विभिन्न समस्याहरू हुन दिँदैन । बन्दाकोभीको नियमित सेवनले अनुहार गोरो बनाउनुका साथै प्राकृतिक रूपमा छालालाई निकै फाइदा पु¥याउने गर्छ । बन्दामा पाइने ल्याक्टिक एसिडले मांशपेशीको दुखाइ कम गर्नुका साथै चोटलाई छिटो निको पार्न मद्दत गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *