अण्डा धेरै खाँदा मृगौला र मुटुमा असर

भक्तपुर न्यूज

२१ भदौ २०७७ ८:२९

अण्डा धेरै खाँदा मृगौला र मुटुमा असर

काठमाडौँ । अण्डा स्वास्थ्यका लागि एकदम फाइदाजनक मानिन्छ । अण्डामा भिटामिन ‘ए’, ‘बी’, ‘डी’, ‘बी १२’ डी, इ, के, फस्फोरस, सेलेनियम, भिटामिन तथा जिंक का साथ लुटिन र जीएजेन्थिन जस्ता पोषक तत्व भरपूर मात्रामा पाइन्छ ।

विज्ञहरूका अनुसार एउटा अण्डामा यति धेरै पौष्टिक तत्व हुन्छ जसले एउटा कोषलाई चल्लामा बदल्न सक्ने क्षमता राख्छ ।

धेरै अण्डा खाँदा सुरुमा पेट खराब हुनु सामान्य कुरा हो ।

यसको धेरै सेवन गर्दा पेटमा ग्यास भरिएर अपच, एसिडिटी, ग्यास्ट्रिक, कब्जियत जस्ता समस्याहरू निम्तिन सक्छ ।

अण्डामा मानिसलाई चाहिने सबैजसो पोषक तत्व पाइन्छ ।

तर, यही पोषक तत्व शरीरमा धेरै हुन गए शरीरमा हानी पुग्न सक्छ । एक वयस्क व्यक्तिले दिनमा ३ वटासम्म अण्डा खान सकिन्छ ।

योभन्दा बढी खाएमा शरीरमा दुई या तीन गुणा बढी प्रोटीनको उपभोग हुन्छ ।

शरीरमा धेरै प्रोटिन भएमा मिर्गौलामा खराब असर गर्ने गर्छ ।

अण्डाको पहेँलो भागमा धेरै मात्रामा कोलेस्टेरोल हुने कारणले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने खतरा हुन्छ ।

कोलेस्ट्रोलको मात्रा धेरै भएमा रक्तसंचार हुने रक्त नलीमा टाँसिएर रगत संचारमा अवरोध पुर्‍याउन सक्छ ।

दिनमा तीन वा तीनभन्दा धेरै अण्डा खाँदा मुटुलाई हानी पुर्‍याउन सक्छ र उमेर नपुग्दै मृत्यु हुन सक्ने सम्भावना पनि रहेको छ ।

प्रकाशित मितिः २०७७ भदौ २१ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *