सेल्फ क्वारेन्टाइनमा बस्दा खानु पर्ने खाना र पोषण
काठमाडौं। विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाको जोखिमलाई न्यूनीकरण गर्नका लागि अधिकांशको दैनिकी घर र कोठाभित्रै सीमित भएको छ ।
मानिसहरूको दैनिक व्यायामदेखि खानेकुरासम्म सबैमा फरक परेको छ । क्वारेन्टाइनमा रहँदा स्वास्थ्यमा झनै ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जारि गरेको निर्देशिकामा क्वारेन्टाइनमा रहँदा के खाने, के नखाने, कति र कसरी खाने लगायत विषय उल्लेख गरिएको छ।
जसले सेल्फ क्वारेन्टाइनमा रहँदा स्वस्थ रहन हरेकलाई मद्दत गर्नेछ । योजना बनाएर आवश्यक भएको मात्र लिने गर्नुहोस् ।
अभावको डरले एकैपटक धेरै अनि अनावश्यक सामान खरिद गर्ने धेरैको बानी हुन्छ । तर सामान खरिद गर्नुभन्दा पहिले घरमा आफुसँग कुन कुन सामान कति मात्रामा छ भनेर ध्यानमा राखेर योजना बनाइआवश्यक भएको सामान मात्र खरिद गर्नुपर्छ ।
सामग्रीको उपयोग बारे रणनीति बनाउने, ताजा सामग्रीलाई प्राथमिकता दिने गर्नुहोस् ः फलफूल, तरकारी, डेरीजन्य उत्पादन सधै ताजा खरिद गर्नुपर्छ । यदि फ्रोजन फलफूल र तरकारी भएपनि यसलाई लामो समयसम्म प्रयोग गर्न सकिन्छ । उब्रेर बाकी रहेका खानेकुरालाई फ्रिजमा राखेर खराब हुनबाट बचाउन सकिन्छ ।
घरमै खाना बनाउनुहोस् : अहिले सबैसँग धेरै समय छ । त्यसैले घरमै खाना बनाउनुहोस् । अनलाइनमा दिएका रेसेपीहरू पनि ट्राइ गर्नुहोस् ।
फूड डेलिभरीको फाइदा उठाउनुहोस् : स्वास्थ्यका हिसाबले घरमा तयार खानालाई प्राथमिकता दिनुपर्छ । तर कतिपय देशमा फूड डेलिभरी एउटा राम्रो विकल्प हुन सक्छ ।
खानाको आकारमा सचेत रहनुपर्छ : खाना खाँदा एकै पटक धेरै खाने गर्नु हुँदैन । घरमा बसेकाले धेरै खडा केहि हुन्न भन्ने सोच आउने हुँदा उमेर र आवश्यकता अनुसार मात्र खानुपर्छ ।
स्वस्थ खाना बनाउनका लागि चाहिने अभ्यास : खाना स्वस्थ रुपमा तयार बनाउन सक्यौ भने हामी स्वस्थ रहन सक्छौ । खाना बनाउँदा सधै सरसफाईमा ध्यान दिनुपर्छ। खानालाई फोहोर हुनबाट र संक्रमणबाट जोगाउनुर्छ । खाना बनाउनु अघि र बनाई सकेपछि हात सफा गर्नुपर्छ । खाना राम्रोसँग पकाउनुपर्छ । सफा पानी र भाडाको प्रयोग गर्नुपर्छ ।
नुनको सेवन कम गर्ने : डब्लुएचओले प्रतिदिन पाँच ग्राम भन्दा पनि कम नुन सेवन गर्न सुझाव दिएको छ । कतिपय तयारी खानामा नुनको प्रयोग धेरै गरिएको हुन्छ । त्यसैले नुनको सेवन गर्दा र खाना बनाउँदा यसको मात्रालाई सधै ध्यान दिनुपर्छ । नुनको सत्तामा फरक स्वादका लागि सुकाएको मसलाहरूको प्रयोग गर्न सकिन्छ ।
चिनीको सेवन कम गर्ने : यदी हामीलाई केही गुलियो खान मनलागेमा फलफूललाई नै सधै प्राथमिकतामा राख्नुपर्छ । फ्रोजन फलफूल, जुस, सिरप जस्ता खानेकुरा पनि यसको विकल्प हुन सक्छ । यदी हामीले कुनै मिठाई खान्छौ भने त्यसमा चिनीको मात्रा निकै कम हुनुपर्छ नभएमा मिठाई नै कम मात्रामा खानु पर्छ । विभिन्न पेय पदार्थमा प्रयोग गरिने चिनी तथा महको मात्राबाट पनि बच्नुपर्छ ।
चिल्लोको प्रयोग कम गर्ने : शरीरको लागि राम्रो नहुने हुदा खाना बनाउँदा सधै कम चिल्लो हुने गरी पकाउनुपर्छ । फ्राई गर्नुको साटो उमाल्ने तथा ग्रिल गर्न सकिन्छ । यदी आवश्यक भएमा जैतुन, सूर्यमुखी जस्ता तेललाई थोरै मात्रामा प्रयोग गर्न सकिन्छ । जंक फुडमा पनि अत्यधिक मात्रामा फ्याट पाइने हुदा इनिहरूलाई स्वास्थ्यका लागि राम्रो मानिदैन ।
फाइबरको पर्याप्त सेवन : फाइबरयुक्त खानाले पेट भरेको अनुभव हुने हुदा यसले धेरै खानबाट पनि बचाउँछ । सागसब्जी, फलफूल, दाल, ग्रेंस र ओट्स यी सबै फाइबरयुक्त खानेकुरा हुन् ।
पर्याप्त मात्रा पानी पिउने : पर्याप्त मात्रामा पानी पिउनु अति आवश्यक छ । पानी पिउनुका साथै फलफूलको मात्रालाई पनि बढाउन सकिन्छ, पानी पिउन मन नलागे पानीमा काक्रा, कागती, बेरीहरू डुबाएर फरक स्वाद बनाएर नि पिउन सकिन्छ । तर धेरै कफी, चिया र पेय पदार्थको प्रयोग भने गर्नु हुँदैन ।
रक्सीको सेवन नगर्ने : रक्सी, एक दिमाग परिवर्तन गर्ने र निर्भरता उत्पादन पदार्थ मात्र हो, यसले प्रतिरक्षा प्रणालीलाई कमजोर पार्ने हुदा यसको कुनै पनि स्तरमा खपत गर्नु हानिकारक हो । मदिराको प्रयोग र विशेष गरी भारी प्रयोगले कोभिड १९ सहितको अरु संक्रामक रोगसँग लड्न सक्ने क्षमतालाई कम गर्छ ।
रक्सीको सेवनले उदासीनता, चिन्ता, डर र आतंकका लक्षणहरू बढाउने हुदा यो क्वरेन्टाइनको समयमा तीव्र हुन सक्छन् ।