एन्टीबडीले चार महिनासम्म प्रतिरोधी क्षमता प्रदान गर्ने

भक्तपुर न्यूज

१८ भदौ २०७७ ८:०७

एन्टीबडीले चार महिनासम्म प्रतिरोधी क्षमता प्रदान गर्ने

काठमाडौं । निको भइसकेका कोरोना संक्रमितमा बन्ने एन्टीबडीले कम्तीमा चार महिनासम्म प्रतिरोधी क्षमता प्रदान गर्न सक्ने देखाएको छ ।

आइसल्यान्डमा गरिएको अध्ययनले एकपटक कोरोना भाइरसद्वारा संक्रमित भएपछि बन्ने एन्टीबडीले मानिसहरूलाई चार महिनासम्म प्रतिरोधी क्षमता प्रदान गर्न सक्ने नतिजा निकालेको हो । आइसल्यान्डको बायोटेक कम्पनी डिकोड जेनेटिक्सले ३० हजार नागरिकको सहभागीतामा यो अध्ययन पूरा गरेको थियो ।

बीबीसीमा उल्लेख गरेअनुसार द न्यू इंगल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित यो अध्ययनले यति लामो अवधिसम्म प्रतिरोधी क्षमता रहिरहन्छ भनेर दाबी गर्ने यो पहिलो अध्ययन बनेको छ । यसअघि भएका केही अध्ययनहरूले निको भइसकेका कोरोना संक्रमितमा बन्ने एन्टीबडी केही समयमा नै समाप्त हुने बताइएको थियो । तर, आइसल्यान्डमा गरिएको यो अनुसन्धानको नतिजाले कोरोना भाइरसप्रति पाइने इम्युनिटी तुरुन्त समाप्त नहुने आशा जगाएको छ ।

प्रकाशित मितिः २०७७ भदौ १८ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *