कोरोनाबाट बच्न यी खाना खानुहोस्

भक्तपुर न्यूज

१८ भदौ २०७७ ५:०४

कोरोनाबाट बच्न यी खाना खानुहोस्

काठमाडौं । कोरोना भाइरसबाट बच्न कस्तो खानाखान आवश्यक भन्ने धेरैको जिज्ञासा हुनसक्छ। सरूवा रोग विशेषज्ञहरूका अनुसार यो भाइरसलाई खानपानले खासै असर नपारेपनि शरीरमा रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिमा भाइरसको सङ्क्रमण छिटो हुने विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको छ।

चीनको तथ्याङ्क हेर्ने हो भने कोरोना ९कोभिड–१९० भाइरस सङ्क्रमणको प्रभाव वृद्धवृद्धा, दिर्घरोगी र लामो समयदेखि औषधी सेवन गरिरहेका मानिसमा बढी देखिएको छ। अधिकांश मृत्यृ हुने ६० वर्ष नाघेका दिर्घरोगी नै रहेको जनाएको छ।

यो भाइरसले प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई धेरै असर गर्ने हुँदा खानपानमा विशेष ध्यान दिन जरूरी देखिन्छ। ६० वर्षे नाघेका वृद्धवृद्धा, सुगर, प्रेसर र क्यान्सर रोगीले विशेषत शरीरलाई आवश्यक पर्ने तागतिलो खानेकुरा खान आवश्यक रहेको चिकित्सकको भनाइ छ।

अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु भएकाको तथ्याङ्‍क हेर्ने हो भने ८० वर्षसम्मका १४।८ प्रतिशत र सो भन्दा माथिका २१।९ प्रतिशत रहेका छन्। यो मृत्यृ हुनेको उच्च संख्या हो।

त्यस्तै दीर्घरोग लागेका बिरामीको मृत्यृको विवरण अनुसार मुटु रोगीहरू १३।२ प्रतिशत, मधुमेहबाट पीडित ९।२, पुराना श्वासप्रश्वास रोग लागेका ८, उच्च रक्तचाप ८।४, र क्यान्सर ७।६ प्रतिशतको मृत्यृ भएको छ। त्यसमध्ये पनि पुरूषको मृत्यृदर ४।७ प्रतिशत रहेका छ। भने, महिलाको २।८ प्रतिशत रहेको छ।

यी तथ्याङ्क अनुसार, खानपानमा विशेष ध्यान दिन आवश्यक देखिन्छ। हामीले दैनिक स्वास्थलाई आवश्यकता अनुसार तागतिलो र झोलिलो खानेकुरा प्रशस्त मात्रामा खानुपर्ने सरुवा रोग विशेषज्ञको भनाइ छ।

जसमा झोलिलो खानेकुरा सुप, गेडागुडी, दाल, भिटामिन प्राप्त हुने खानेकुरा, दुध, दही, माछा मासु, अण्डा, हरियो सागसब्जी प्रसस्त मात्रामा दैनिक सेवन गरे शरीरलाई चाहिने पोषणको कमी हुन पाउदैन।

जस्ले गर्दा शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बलियो हुन्छ। र भाइरसले शरीरमा सजिलै प्रवेश पाउदैन।

यी खानेकुरा खादा राम्रोसँग सफा पानीले धोएर र राम्रोसँग पकाएर खान विशेषज्ञको सुझाव छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *