ढिलो खाना खाँदा तौल बढ्ने र रगतमा चिनीको मात्रा उच्च हुने

भक्तपुर न्यूज

१५ भदौ २०७७ ४:२१

ढिलो खाना खाँदा तौल बढ्ने र रगतमा चिनीको मात्रा उच्च हुने

काठमाडौं । ढिलो खाना खाँदा तौल बढ्ने र रगतमा चिनीको मात्रा उच्च हुने अध्ययनले पत्ता लगाएको छ ।

इन्डोक्राइन सोसाइटी जर्नल अफ क्लिनिकल एन्डोक्रिनोलजी एन्ड मेटाबोलिज्ममा प्रकाशित एक अध्ययनअनुसार ढिलो खाना खाँदा तौल बढ्ने र रगतमा चिनीको स्तर उच्च हुनेसँग सम्बन्धित हुन्छ । अध्ययन टोलीले २० स्वास्थ्य स्वयम्सेवक १० पुरुष र १० महिलाहरूको सहभागितामा रातीको ६ बजेको साटो १० बजे खाना खाँदा शरीरले कसरी खानालाई पचाउँछ भनेर अध्ययन गरेका थिए ।

साथै, खाना खाएर सबैलाई ११ बजे सुत्न लगाइयो । जोन्स हप्किन्स युनिवर्सिटीका सहयोगी प्राध्यापक तथा अध्ययनका लेखक डा। जोनाथन सी जुनले पहिलेको जस्तै खाना खाँदा वा कम क्यालेरीको खाना खाए पनि ढिलो खाना खाँदा रगतमा चिनीको मात्रा उच्च हुने, बोसो कम मात्रामा बर्न हुने र तौल बढ्ने बताउँछन् ।

ढिलो खानेहरूमा रगतमा चिनीको मात्रा लगभग २० प्रतिशतले बढ्ने र फ्याट बर्न हुने क्रममा १० प्रतिशतले कमी आएको अध्ययनले देखाएको छ । स्वस्थ स्वयम्सेवकहरूमा देखेका प्रभावहरूभन्दा अझ मोटोपना भएको तथा मधुमेह भएका व्यक्तिहरूमा बढी समस्या देखिने अध्ययनका लेखक चेन्जुआन गुले बताए । एजेन्सी

प्रकाशित मितिः २०७७ भदौ १५ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *