धेरै प्रोटिनले सेवनले श्वास गन्हाउनेदेखि क्यान्सरसम्म निम्त्याउन सक्छ
काठमाडौं । स्वस्थ रहनका लागि प्रोटिन आहारमा हुनु पर्ने अत्यावश्यक अंश हो ।
प्रोटिनले मांसपेशी, अंग र हड्डीहरू निर्माण र मर्मत गर्न मद्दत गर्छ । ठिक्क प्रोटिनको सेवन बोसो कम गर्न, तौल घटाउन, पेट भरेको महसुस गराउन तथा मांसपेशीहरूका लागि सहयोगी हुने गर्छ । तर, चाहिनेभन्दा धेरै प्रोटिनको सेवनले धेरै जोखिमहरू निम्त्याउन सक्छ । पौष्टिक विज्ञहरूका अनुसार दैनिक मात्रामा सिफारिस गरिएकोभन्दा बढी प्रोटिनको सेवन गर्न हुँदैन ।
शरीरको तौलको प्रति किलोग्राम ०।८ ग्राम प्रोटिन आवश्यक हुन्छ । औसतमा एक पुरुषका लागि प्रतिदिन ५६ ग्राम र महिलाका लागि ४६ ग्राम प्रोटिन आवश्यक हुन्छ । त्यसैले प्रोटिनको अधिक सेवनले केही स्वास्थ्य जटिलताहरूको बढी जोखिम निम्त्याउन सक्छन् । तीमध्ये यहाँ केही उल्लेख गरिएका छन् ।
– शरीरको तौल बढ्छ ।
– कब्जियत हुने ।
– श्वास गन्हाउने समस्या निम्तिने ।
– झाडापखाला लाग्न सक्ने ।
– शरीरमा पानीको कमी हुने, डिहाइड्रेसन ।
– मृगौलामा पत्थरी हुने ।
– मृगौलामा बिग्रिने ।
– क्यान्सरको सम्भावना हुने ।
– मुटुसम्बन्धी समस्या हुने ।
– क्याल्सियमको कमी भएर हड्डीमा समस्या हुने ।