एक पटक उमालेको पानी चिसो भइसकेपछि फेरि उमालेर खानु स्वास्थ्यका लागि हानिकारक
काठमाडौं । पानीलाई शुद्ध पार्न, रुघाखोकी लाग्दा वा औषधि खाने बेला धेरैजसो मानिसहरू पानी तताएर पिउने गर्छन् ।
धेरैजसो धाराको पानीमा प्राकृतिक रासायनिक यौगिकहरू हुन्छन्, हुन पहिलो पटक उमालेको बेला परिवर्तन हुन्छ । पानी उमाल्दा हुने यो परिवर्तनले पानीमा अवस्थित जीवाणु र ब्याक्टेरियालाई मार्छ जुन राम्रो हो । तर, तताएको पानी चिसो भएपछि फेरि त्यही पानी तताउने गल्ती भने गर्न नहुने बताइन्छ ।
विभिन्न अनुसन्धानका अनुसार एक पटक उमालेको पानी चिसो भइसकेपछि फेरि उमालेर खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । पटक–पटक पानीलाई उमालेर पिउने गर्दा पानीका अणुहरूको संरचनामै आउने परिवर्तनले पानीलाई विषाक्त बनाउने गर्छ । पानीलाई बारम्बार उमाल्दा यसमा पाइने आर्सेनिक, नाइट्रेट तथा फ्लोराइडको मात्रा गाढा हुन्छ जसले शरीरलाई नोक्सान पु¥याउँछ ।
पानीलाई फेरि पटक–पटक उमल्नाले त्यसमा हुने रासायनिक प्रतिक्रियाले संरचनामा असन्तुलन बनाएर नाइट्रेटलाई विभिन्न विषाक्त तत्वमा छुट्याई दिन्छ । जसले गर्दा, ल्युकेमिया र गैर–हजकिन लिम्फोमा लगायतका क्यान्सर, हृदयाघात, बाँझोपन र मस्तिष्कसम्बन्धी विभिन्न रोगहरू उत्पन्न गराउँछ । यसले बालबालिकामा मस्तिष्क रोग उत्पन्न गराउँछ ।
पानीमा पाइने फाइदाजनक हुने खनिजका साना खुराकहरूलाई पटक–पटक उमाल्दा हानिकारक भई यसले मृगौला र पित्तथैलीमा पत्थरी हुन सक्छ । सकेसम्म एकैपटकमा धेरै पानी उमालेर राख्नुभन्दा आफूूलाई चाहिएको जति थोरै उमाल्दै खाने वा एकपटक उमालिसकेको पानीलाई सफा भाँडोमा छोपेर राखी फेरि उमाल्ने गल्ती दोहो¥याउनु हुँदैन ।
प्रकाशित मितिः २०७७ भदौ १४ आइतबार