फ्रोजन मासु र माछामा तीन हप्तासम्म कोरोना भाइरस बाँच्न सक्ने

भक्तपुर न्यूज

११ भदौ २०७७ ८:५१

फ्रोजन मासु र माछामा तीन हप्तासम्म कोरोना भाइरस बाँच्न सक्ने

काठमाडौं।  कोरोना भाइरस फ्रोजन मासु र माछामा तीन हप्तासम्म बाँच्न सक्ने अध्ययनले देखाएको छ ।

चिसो तापक्रममा भाइरस जीवित रहन सक्ने हुँदा वैज्ञानिकहरूले दूषित खानाले कोरोना भाइरसको प्रकोप निम्त्याउन सक्ने चेतावनी दिइरहेका छन् ।

सिंगापुरको सुपरमार्केटबाट सालमन माछा, कुखुरा र सुँगुरको मासुको टुक्रा काटेर भाइरसको नमूना राखेर अध्ययनगरिएको थियो ।

भाइरस जीवित रहन सक्छ कि सक्दैन भनेर संक्रमित मासु र माछालाई चिसो तापक्रममा भण्डार गरिएको थियो ।

खाद्यान्न ढुवानी गर्दा चाहिने ४ डिग्रीदेखि माइनस २० डिग्री सेल्सियससम्मको तापक्रमको अवस्थामा मासुलाई भण्डार गरिएको थियो । २१ दिनपछि जाँच गर्दा कोरोना भाइरस अझै ती भण्डार गरिएको मासु र माछाको नमूनाहरूमा उपस्थित रहेको पत्ता लाग्यो ।

खाद्यान्न ढुवानीमा खाना प्याक गर्ने संक्रमित व्यक्तिका कारण लामो समयदेखि कोरोना भाइरसका संक्रमित नभएका देशहरूमा प्रकोप सुरु भएर भविष्यमा अवस्था भयानक हुन सक्ने वैज्ञानिकहरूले चेतावनी दिइरहेका छन् । तर, विश्व स्वास्थ्य संगठन (डच्लुएचओ)ले दूषित खानामार्फत् प्रसारण कुनै प्रमुख संक्रमण मार्ग नभएको हुँदा भाइरस खानामार्फत् नसर्ने बताएका थिए ।

प्रकाशित मितिः २०७७ भदौ ११ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *