बोक्रासहितको नासपाती सेवन स्वास्थ्यका लागि फाइदा

भक्तपुर न्यूज

१ भदौ २०७७ ५:१४

बोक्रासहितको नासपाती सेवन स्वास्थ्यका लागि फाइदा

काठमाडौं । गर्मीको समयमा पाइने नासपाती स्वाद र सन्तुष्टिका साथै स्वास्थ्यका लागि समेत फाइदाजनक मानिन्छ ।

भिटामिन, मिनरल्स, फोलेट, प्रोटिन, फाइबर, पोटासियम, कपर तथा अन्य पोषक तत्वले भरिपूर्ण रहेको नासपातिको फाइदा पाउनका लागि बोक्रासहितको नासपातीको सेवन गर्नु पर्ने सल्लाह दिइन्छ । फलमा भन्दा धेरै पोषक तत्वहरू बोक्रामा हुने हुँदा फाइदा पाउनका लागि बोक्रासहितको नासपाती सेवन गर्नु पर्छ ।

नासपातीले आहारमा प्रीबायोटिक्ससहित प्रशस्त फाइबर प्रदान गर्छ जसले समग्र पाचन स्वास्थ्य प्रबद्र्धन गरी कब्जियतलगायतका पेटसम्बन्धी समस्याहरू हुन दिँदैन । पानी र फाइबरको उच्च मात्राको कारण नासपातीहरू नियमितरूपमा खानेले पेट पूर्णरूपमा भरेको महसुस हुने हुँदा तौल कम गर्न मद्दत गर्छ ।

नासपातीको सेवनले शरीरमा कोलेस्टोरेल र रक्तचापको मात्रा नियन्त्रण गर्नुका साथै मुटुसम्बन्धी समस्याहरूबाट बचाएर हृदयघात र स्ट्रोकको जोखिम कम गर्छ । नासपाती फ्लाभोनाइड्सहरूको एक समृद्ध स्रोत हो, जसले सुन्निने कम गर्न र केही रोगहरूबाट रक्षा प्रदान गर्न सक्छ । मधुमेह रोगीलाई गुलियो बस्तुहरुको सेवन गर्नमा रोक लगाइएको हुन्छ ।

तर, नासपातीको सेवनले रगतमा चिनीको मात्रा नियमित गर्न सहयोग पु¥याउन सक्छ, जसले सम्भावितरूपमा मधुमेह रोक्न र नियन्त्रणमा मद्दत गर्छ । नासपतीको सेवनले शरीरमा उर्जा बढाउन, छालाको स्वास्थ्य, घाउहरू छिटो निको पार्न, रगतको मात्रा बढाउनका साथै हाडजोर्नी मजबुत बनाउनमा समेत मद्दत गर्दछ ।

नासपातीमा धेरै शक्तिशाली बोट संयोजकहरू हुन्छन् जसमा क्यान्सरसँग लड्ने गुणहरू पनि छन् ।

प्रकाशित मितिः २०७७ भदौ १ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *