धेरै भात खाँदा मुटुरोग लागेर मर्ने सम्भावना बढ्ने विज्ञहरूको भनाई

भक्तपुर न्यूज

२३ साउन २०७७ ८:२८

धेरै भात खाँदा मुटुरोग लागेर मर्ने सम्भावना बढ्ने विज्ञहरूको भनाई

काठमाडौं । भातमा प्राकृतिक रूपमा हुने आर्सेनिकका कारण धेरै भात खाँदा मुटुरोग लागेर मर्ने सम्भावना बढ्ने वैज्ञानिकहरूले पत्ता लगाएका छन् । धानमा आर्सेनिक प्राकृतिक रूपमै जम्मा हुने र त्यसले बिरामी बनाउने, पेटको क्यान्सर गराउने र कलेजोको रोग गराउने गर्छ । गम्भीर स्थिति आयो भने मृत्यु हुन सक्छ ।

संसारका धेरै देशमा भात नै मुख्य भोजन हो । विकासशील देशहरूमा क्यालोरी र पोषणका लागि मानिसहरू भात खाने गर्छन् । प्रत्येक वर्ष ५० हजार मानिस अल्पायुमै मर्नुको पछाडि भातमा रहेको आर्सेनिक पनि एउटा कारण भएको अनुमान गरिन्छ ।

आर्सेनिक माटोमा प्राकृतिक रूपमा रहन्छ । आर्सेनिक सहितको कीरा मार्ने रसायन वा सिँचाइका लागि उपयोग गरिने पानीमा भएको टक्सिनमा आर्सेनिक हुन्छ ।

खेतमा धेरै पानी लगाएर डुबाउँदै धान फलाइने भएकाले माटोको आर्सेनिक निस्कने र धानले सोस्नुअघि पानीमा आर्सेनिक जाने गर्छ । धानको जराले आर्सेनिकलाई सोस्ने भएकाले धानको आफ्नै प्रतिरक्षा प्रणालीले विष रोक्न सक्दैन ।

म्यानचेस्टर र साल्फोर्ड विश्वविद्यालयका अनुसन्धाताहरूले बेलायत र वेल्समा भात खाने तरिकाको अध्ययन गर्दा आर्सेनिकका कारण मानिसहरूमा मुटुरोग व्यापक रहेको पाए । अझ विश्वव्यापी तापक्रम बढ्दै जाँदा धानमा आर्सेनिक प्रवेश गर्ने सम्भावना झनै बढ्ने अध्ययनहरूले देखाएका छन् ।

प्रकाशित मितिः २०७७ साउन २३ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *