फर्सीमुन्टाको यस्ता छन् आश्चर्यजनक फाइदा

भक्तपुर न्यूज

२२ साउन २०७७ ६:२९

फर्सीमुन्टाको यस्ता छन् आश्चर्यजनक फाइदा

काठमाडौं । मौसमअनुसार नेपाली बजारमा थुप्रै किसिमका साग सब्जीहरु पाइन्छन्। पछिल्लो समय सहरमा पनि मानिसले आफ्नो करेसा बारीमा तथा घरका छत र कौशीमा मौसमी साग सब्जीहरु उब्जाउन थालेका छन्। बजारमा पाइने साग सब्जीमा विभिन्न किसिममा विषादी मिसाइएको हुँदा मानिसले अहिले आफ्नै बारी तथा करेसामा जैविक साग सब्जीहरु लगाउने गरेका छन्।

यस्तै अहिलेको मौसममा सबैको घरको बगैंचा, बारी वा करेसामा झर्लम्म फर्सीका लहराहरु देख्न सकिन्छ। फर्सीमा थुप्रै गुणकारी तत्व भएका कारण स्वास्थ्यलाई अत्याधिक लाभदायी हुने गर्दछ। फर्सीमा प्रसस्त मात्रामा ‘बिटा क्यारोटिन’ पाइन्छ, जसले शरीरभित्र ‘भिटामिन ए’मा परिणत भई स्वस्थ आँखा र स्वस्थ मुटुका लागि मद्दत गर्छ।

विभिन्न अनुसन्धानबाट बिटा क्यारोटिनले क्यान्सर हुनबाट जोगाउने पनि देखिएको छ। यसैगरी, फार्सीमा प्रशस्त मात्रामा पाइने पोटासियमले हाम्रो शरीरमा रक्तचापको सन्तुलन मिलाउन र हड्डीलाई मजबुत राख्न मद्दत गर्छ ।

जानिराखौं फर्सीको मुन्टाको फाइदा

फर्सीको मुन्टामा प्रशस्त मात्रामा भिटामिन ई, सी, ए, बी ६, पोेटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थ पाइने भएका कारण यसले मानिसको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ। यस्ता गुणकारी तत्व भएका कारण फर्सीको मुन्टाले थुप्रै खतरनाक रोगहरुको जोखिम कम गर्दछ।

फर्सीको मुन्टा भिटामिन ए, बी र सी को राम्रो स्रोत भएका कारण यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्नुका साथै समग्र स्वास्थ्य को लागी लाभदायक हुन्छ। यसलाई आफ्नो नियमित खानामा समावेश गर्दा रक्तचाप, कोलेस्ट्रोललाई नियन्त्रणमा राखी क्यान्सर जस्तो प्राणघातक रोगसँग लड्न पनि मद्दत गर्दछ।

विभिन्न अनुसन्धानबाट बिटा क्यारोटिनले क्यान्सर हुनबाट जोगाउने पनि देखिएको छ। फर्सीको मुन्टामा पाइने एन्टी–अक्सीडेन्टले बढ्दो उमेरलाई पनि सन्तुलनमा राखी मानिसलाई जवान देखिन मद्दत गर्दछ। प्रशस्त र थुप्रै भिटामिनको श्रोत फर्सीको मुन्टा मानिसको आँखालाई लाभदायक हुन्छ।

प्रकाशित मितिः २०७७ साउन २२ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *