तिलको तेलले खुट्टाको मालिस गर्दा हुन्छन् धेरै फाइदा

भक्तपुर न्यूज

२१ साउन २०७७ ७:५४

तिलको तेलले खुट्टाको मालिस गर्दा हुन्छन् धेरै फाइदा

काठमाडौँ। मानिसले आफ्नो हरेक अंगको राम्रोसँग हेरचाह गर्नुपर्दछ। तुलात्मक रुपमा पुरुषभन्दा महिलाले आफ्नो अंगहरुको बढी हेरचाह गरेको पाइन्छ। अहिलेको यो व्यस्त र प्रदूषणले भरिएको संसारमा अनुहारको मात्र नभएर खुट्टाको पनि राम्रो हेरचाह आवश्यक पर्दछ। यदि रातमा सुत्नुअघि खुट्टामा तिलको तेल मालिस गरेमा शरीर र खुट्टा दुवैलाई फाइदा पुर्‍याउँछ। तिलको तेलले दुखाई कम गर्न धेरै मद्दत पुर्‍याउँछ।

यदि तपाइँ पनि यस आयुर्वेदिक तेलबाट फाइदा लिन चाहनुहुन्छ भने खुट्टाको मसाज गर्ने सही तरिका जान्नुहोस् । राति सुत्नुअघि खुट्टा राम्रोसँग सफा गरी सुक्खा कपडाले पुछ्नुहोस्, त्यसपछि खुट्टालाई अगाडि फैलाएर तताएको तिलको तेलका थोपा हातमा लिएर मालिस गर्नुहोस्।

मालिस गर्दा हातमा थोरै दबाब राख्नुपर्छ। खुटाका कुर्कुच्चा, औंलामा सबैतिर तेल लगाएर ५ देखि १० मिनेटसम्म मालिस गर्नुहोस। औंलाहरु मज्जाले तन्काएर मालिस गर्दा दिनभरिको थकान सबै हटेर जान्छ।

मालिश गर्नुको फाइदा

हरेक रात सुत्नुअघि तिलको तेलले खुट्टा मालिस गर्दा स्नायु प्रणाली शान्त हुने, तनाव कम हुने, आरामदायी निद्रा लाग्ने, पाचन प्रणालीमा सुधार हुने, रक्तसञ्mचार ठिक हुनेदेखि लिएर खुट्टामा भएको दुखार्इ र समस्या निर्मूल हुने गर्छ। यसबाहेक तिलको तेलको अन्य धेरै फाइदा छन्। यसले दाँत, मुटु, कपाल र छालामा समस्या भएकालाई लाभदायी हुन्छ।

प्रकाशित मितिः २०७७ साउन २१ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *