त्रिवि परीक्षाः स्नातक तहको परीक्षा शुरु हुनुभन्दा ३० दिन र स्नातकोत्तरको २० दिन पहिले सूचित गरिने

भक्तपुर न्यूज

१६ साउन २०७७ ८:१०

त्रिवि परीक्षाः स्नातक तहको परीक्षा शुरु हुनुभन्दा ३० दिन र स्नातकोत्तरको २० दिन पहिले सूचित गरिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोराना भाइरस कोभिड-१९ का कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालनका लागि केही समय पर्खने भएको छ ।

यस क्रममा विश्वविद्यालयले हालको परिस्थितिमा सुधार हुँदै गएमा र कुनै विषम परिस्थिति सिर्जना नभएको अवस्थामा स्नातक तहको भदौ अन्तिम हप्ता र स्नातकोत्तर तहको भदौ तेस्रो साताबाट परीक्षा लिने तयारी भइरहेको जनाएको छ ।

यसअघि सरकारले भदौ १ बाट कक्षा सञ्चालन, शैक्षिक गतिविधि एवं परीक्षा सञ्चालनका लागि बाटो खोलेपछि भदौ पहिलो साताबाट स्थगित परीक्षा लिने घोषणा विश्वविद्यालयले गरेको थियो ।

तर, त्रिविको परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गरी स्नातक तहको परीक्षा सुरु हुनुभन्दा ३० दिन पहिले र स्नातकोत्तर तहका हकमा २० दिने पहिले सूचित गरिने जानकारी दिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मितिः २०७७ साउन १६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *