मधुमेहदेखि रक्तचापलाई नियन्त्रण गर्न भान्टा फाइदाजनक

भक्तपुर न्यूज

६ साउन २०७७ २३:१६

मधुमेहदेखि रक्तचापलाई नियन्त्रण गर्न भान्टा फाइदाजनक

काठमाडौं । भन्टा बहुमुखी तरकारीमध्ये एक हो । यसलाई स्टफ गरेर, म्यास गरेर, बेक गरेर, फ्राई गरेर तथा ग्रिल गरेर खान सकिन्छ । भान्टामा प्रतिकप केवल ३५ क्यालोरी हो, यसमा उच्च फाइबर र पानी हुन्छ ।

बोक्राको साथ तरकारी पकाउनुलाई स्वस्थ मानिन्छ । भान्टालाई पनि बोक्रासहित पकाउने र खाने गरिन्छ । भान्टाको प्रायस् जसो एन्टिआक्सीडन्ट यसको बाहिरको बोक्रामा हुने गर्छ ।

आयुर्वेदले अनिद्रा र अन्य निद्रासम्बन्धी समस्याहरूलाई निको पार्न भान्टाको सेवन गर्ने सल्लाह दिन्छन् । भान्टाले खराब कोलेस्टेरोल घटाएर रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गरी मुटु रोग लाग्नबाट जोगाउने गर्छ ।

भान्टामा फ्याट तथा कोलेस्ट्रोल नहुने भएकोले यसको सेवनले तौल घटाउन मद्दत गर्न सक्छ । भान्टामा मानिसलाई चाहिने आइरन, पोटासियम, एन्टीअक्सिडेन्ट पर्याप्त मात्रामा पाइन्छ । एन्टिअक्सिडेन्टले छालाको क्यान्सरबाट समेत बचाउँछ ।

फाइबरको मात्रामा धेरै रहेकाले मधुमेहको रोगीका लागि भान्टा सेवन गर्नु उपयोगी हुन्छ । भान्टाले मधुमेहका बिरामीको सुगरको मात्रामा नियन्त्रण ल्याउन मद्धत गर्छ ।

कपाल झर्ने समस्यालाई समेत भान्टाको सेवनले कम गर्न सक्छ । भान्टामा थोरै मात्रामा निकोटिन पाइने हुँदा यसको सेवनले चुरोट विस्तारै छाड्न सहयोग गर्न सक्छ ।

प्रकाशित मितिः २०७७ साउन ०७ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *