विद्यार्थी भर्ना भदौ १ गतेबाट गर्ने निर्णय

भक्तपुर न्यूज

६ साउन २०७७ १५:०३

विद्यार्थी भर्ना भदौ १ गतेबाट गर्ने निर्णय

काठमाडौं । विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले भदौ १ गतेबाट गर्ने निर्णय गरेको छ ।

यद्यपि विद्यालय सञ्चालन भने तत्काल हुने छैन। विद्यालय सञ्चालनको विषयमा भने संक्रमणको अवस्था हेरेर भदौ १ गतेभन्दा अघि नै फेरि बैठक बसेर कहिलेदेखि विद्यालय सञ्चालन गर्न सकिने भन्ने निर्णय गरिने सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए।

“अनलाइनकै माध्यमबाट पठनपाठनबाट गर्दा पनि शैक्षिक घण्टाहरू जोड्दै जाने र अन्य वैकल्पिकबाट पठनपाठन गर्दा पनि शैक्षिक सत्र बिग्रँदैन, त्यसैले यस विषयमा शिक्षा मन्त्रालयले पनि गृहकार्य गरिरहेको छ”, उनले भने।

सरकारले गत चैत ११ गतेबाट लकडाउन घोषणा गरेसँगै सम्पूर्ण शैक्षिक कार्यक्रम पनि बन्द गरेको थियो। ६ चैतबाट हुन लागेको माध्यमिक शिक्षा परीक्षा एसईई पनि स्थगित भएको थियो। विश्वविद्यालयस्तरका परीक्षा तथा अध्ययन अध्यापन पनि बन्द भएका थिए।

एसईई परीक्षालाई विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा गर्ने निर्णय गरेको थियो। साउन १५ भित्र एसईईको नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डले तयारी थालेको छ।

प्रकाशित मितिः २०७७ साउन ०६ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *