छालामा देखिने र्‍यासेज पनि कोरोना संक्रमणको लक्षण हुन सक्ने

भक्तपुर न्यूज

६ साउन २०७७ ०:०३

छालामा देखिने र्‍यासेज पनि कोरोना संक्रमणको लक्षण हुन सक्ने

काठमाडौं । छालामा देखिने र्‍यासेज पनि कोभिड १९ संक्रमण हुने प्रमुख लक्षण हुन सक्ने बताइएको छ । लन्डनको किङ्ग्स कलेजले गरेको नयाँ अध्ययनका अनुसार छालामा हुने र्‍यास पनि खोकी, ज्वरो र सास फेर्ने समस्या पछिका कोभिड १९ संक्रमण हुने प्रमुख लक्षण हुन सक्छन् ।

बेलायतभरिमा ३ लाख ३६ हजार मानिसहरूमा गरिएको एक सर्वेक्षणमा कोभिड एप प्रयोग गरेर डाटा संकलन गरिएको थियो । सर्वेक्षणमा कोभिड १९ भएका ८. ८ प्रतिशत मानिसहरूले छालामा दाग वा र्‍यास हुने लक्षण देखिएको थियो ।

साथै, कोरोना भाइरस परीक्षण नगरिएका ८.२ प्रतिशत व्यक्तिहरूले छालामा समस्याका साथ कोभिड १९ लक्षणहरू खोकी, ज्वरो वा एनोसमिया गन्धको क्षति जस्तै लक्षण रिपोर्ट गरेका थिए ।

छालामा हुने कुनै पनि प्रकारको र्‍यास, अन्य छाला असामान्यताहरूसहित, सुन्निने, तनाव, एलर्जी वा कुनै पनि प्रतिरक्षा प्रणाली डिसअर्डरको परिणाम हुन सक्ने बताइन्छ ।

भाइरसले शरीरमा आक्रमण गर्दछ र प्रतिरक्षाविरुद्धको समस्या उत्पन्न गराउने हुँदा यी सबै कोरोना भाइरससँग जोडिएको छ । अध्ययनका अनुसार अधिकांश व्यक्तिहरूले जुनसुकै उमेरमा देखिनसक्ने धेरैजसो तीन प्रकारका र्‍यासहरू कोभिड १९ को लक्षणको रूपमा रिपोर्ट गर्छन् ।

अध्ययनका मुख्य लेखक, डा भेरोनिक बाटेल धेरै भाइरल संक्रमणले छालालाई असर गर्न सक्ने हुँदा कोरोना भाइरसका कारण पनि छालामा समस्या देख्दा यो आश्चर्यजनक कुरा नभएको बताउँछन् ।

केही संक्रमितहरूमा छालाको र्‍यास अन्य लक्षणभन्दा पहिलो वा एकमात्र लक्षण हुन सक्छ । त्यसैले छालामा केही नयाँ र्‍यास देखिएमा यसलाई गम्भीर रूपमा लिएर चाँडो जाँच गराउनु पर्ने हुन्छ ।

प्रकाशित मितिः २०७७ साउन ०६ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *