भक्तपुरका बिभिन्न सामुदायिक विधालयहरुमा कोरोना र यसको रोकथाम बारे अभिमुखीकरण
भक्तपुर । भक्तपुर जिल्लाका बिभिन्न सामुदायिक विधालयहरुमा कोरोना र यसको रोकथामका बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
बी.पी. नेत्र प्रतिष्ठान बाल अाँखा नाक कान घाटी अस्पताल एबं पुुनस्थापना सेवा लोकन्थली भक्तपुरको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखा लगाएतको सहकार्यतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
अभिमुखिकरण कार्यक्रममा श्री शान्ति निकेतन मा.वि.राममन्दिर सूर्यबिनायक, श्री आदर्श मा.वि. लायकु ठिमी, र श्री महेन्द्र शान्तिमा.वि. बालकोटमा सञ्चालन गरिएको थियो ।
कार्यक्रममा ६७ बिद्यार्थी र ३५ शिक्षको सहभागिता रहेको बी.पी. नेत्र प्रतिष्ठानका आउटरिच तथा तालिम संयोजकराम के.सी.ले बताए । उनले भने कार्यक्रममा कोरोनाको महामारीमा कसरी सुरक्षित हुने र कस्ता किसिमका उपायहरु अवलम्वन गरि कोराना नियन्त्रणमा सघाउ पुराउन सकिन्छ भन्ने जानकारी दिएको थियो ।
सामाजिक दुरि कायम गरि आयोजना गरिएको अभिमुखि कार्यक्रममा माक्स लगाएत कोरोना सम्बन्धि चेतनामुलक सामाग्री हस्तान्तरण गरिएको केसीले जानकारी दिए ।
कार्यक्रममा शान्ति निकेतन का प्र.अ. महेन्द्र गोपाल कर्माचार्य, आदर्श मा.वि.ठिमीका प्र.अ. बुद्घि कुमार श्रेष्ठ र महेन्द्र शान्ति मा.वि.का प्र.अ. गोपाल बिक्रम थापाले कार्यक्रम समय सान्दर्भिक रहेको र यसले कोरोना नियन्त्रणमा रचनात्मक भूमिका खेल्न सघाउ पुराउने बताएका थिए ।