पुष्पलाललाई सम्झदै भक्तपुरमा खुल्ला रक्तदान

भक्तपुर न्यूज

३ साउन २०७७ ७:५६

पुष्पलाललाई सम्झदै भक्तपुरमा खुल्ला रक्तदान

भक्तपुर । ४२ औं पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा जिल्ला समिति भक्तपुरले आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कोभिड १९ कोरोना भाइरसको महामारीमा र बाढी पहिरोमा देखिएको रगतको अभाबलाई मध्यनजर गर्दै पुष्पलाल स्मृति प्रतिष्ठान भक्तपुरले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको समितिका अध्यक्ष धुब्रराज बिष्टले जानकारी दिए ।

खुल्ला रक्त दान कार्यक्रममा ७१ जना रक्तदाताले रक्तदान गरेको समितिका सदस्य दिपक थापाले जानकारी दिए । थापाले भने हाल देखिएको रगतका अभावलाई कसरी सहज तवरले आपुर्ती गर्न सकिन्छ भन्ने उदेश्यका साथ आज ४२ औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर खुल्ला रक्तदान गरिएको र युवाहरुको सहभागितका उत्साहजनक रहेको थापाले बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेकपाका युवा नेता एवं केन्द्रिय सदस्य ठाकुर गैरेले पुष्पलालको राजनीतिक योगदानका बारे चर्चा गर्नुका साथै रक्तदान कार्यक्रम समय परिस्थित अनुकुल रहेको बताए ।

प्रकाशित मितिः २०७७ साउन ०३ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *