१६ महिने बालकमा पिसाब नलीको पत्थरी भक्तपुरमा गरियो बिना चिरफार सफल उपचार

भक्तपुर न्यूज

२९ असार २०७७ ८:०७

१६ महिने बालकमा पिसाब नलीको पत्थरी  भक्तपुरमा गरियो बिना चिरफार सफल उपचार

भक्तपुर । भक्तपुर दुवाकोटा १६ महिने बालकको पिसाव नलीको पत्थरी बिना चिरफार सल्यक्रिया सफल उपचार गरिएको छ ।

बालकलाइ पिसाब फेर्न कठिन भएपछि काठमाडौको एक अस्पतालमा उपचार गराउन गएका उनका अभिभावकले बालकको अपरेशन गरी पत्थरी निकाल्नु पर्ने जानकारी पाएपछि भक्तपुर सल्लाघारी स्थित डा इवामुरा अस्पतालमा उनलाई उपचारका लागि ल्याइएको जानकारी दिए ।

उनले भने, आफ्ना नातेदारलाई पनि पहिला पत्थरी भएको रहेछ र उनको पनि यहि अस्पतालमा बिना चिरफारको सफल सल्यक्रिया गरि सफल उपचार गरिएको र आफ्नो बालकलाई पनि त्यँही जान सल्लाहा दिएसँगै यो अस्पतालमा आएको बताए ।

पिसब फेर्न अप्ठेरो हुने उनका छोरा अस्पतालमा निको भएको र चिरफार नगरी घाउ नबानाई सल्यक्रियाको सफल उपचार गरिएपछि निकै खुसी भएको उनले बताए ।

यो रोग सामान्यतया ५ देखि १२ हजार मध्य १ बच्चामा हुने अस्पतालका सह प्रा डा अनिल श्रेष्ठ बताउँछन् । उनी भन्छन्, यसमा पनि बालक भन्दा बालिकामा ७ गुण बढी यो रोग हुन सक्छ ।

पिसाब थैली भित्र फुल्ने यो रोगलाई बेलैमा उचार नगरे यसले मृगौलालाई नै क्षती पुराउँद छ । मृगौलाबाट सामान्यतया पिसाब प्रवाह नहुँदा पिसाब थलैमा पत्थरी हुने डा श्रेष्ठ बताउँछन् ।

श्रेष्ठ भन्छन् , यो रोगका बारे बिरामीलाई समेत कतिपय अवस्थामा जानकारी हुन नसक्ने र पत्थरी संक्रमण र पिसाब फेराईमा बिबिध खालको समस्या देखा पर्ने सक्छ ।

पत्थरीकै कारण मृगौला फेल हुन सक्ने र हरेक बर्ष किड्नीको डायलेसिस गर्ने संख्यामा बृद्धि भएको बताउँदै उनी भन्छन्, हरेक बर्ष नेपालमा मात्र झन्डै ८ हजार मानिसले डायलेसिस गर्ने गरेको तथ्याँकले देखाउँछ ।

पिसाव थैलीमा देखिने पत्थरीको बेलैमा उपाचार नगरे यसले मृगौला फुलाउने र त्यसले पछि मृगौलानै निकाली सल्यक्रिया गर्नु पर्ने अवस्था आउन सक्ने र मृगौला स्वस्थ भए बिना चिरफार नै पत्थरी निको पार्न सकिने डा श्रेष्ठले जानकारी दिए ।

बिगत देखि नै इवामुरा अस्पतालमा पत्थरीको घाउ नबाइ भनौ बिना चिरफार सल्यक्रिया द्धारा उपचार गरिँदै आएको र सयौं बिरामीले यसको प्रत्यक्ष लाभ लिइसकेको जानकारी दिँदै अस्पताल ब्यवस्थापन समितिका ब्यवस्थापक रञ्जीत मारिखुले भने, १६ महिने बालकको पत्थरीको अवस्था जटिल रहेता पनि दक्ष डाक्टरको टोलीको सफल उपचारले बालकको रोग निको भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *