४६ औं दीक्षान्त समारोहमा झण्डै ५७ हजार विद्यार्थी दीक्षित हुने

भक्तपुर न्यूज

१५ असार २०७७ ७:४५

४६ औं दीक्षान्त समारोहमा झण्डै ५७ हजार विद्यार्थी दीक्षित हुने

काठमाडौं । यस वर्ष झण्डै ५७ हजार विद्यार्थी दीक्षित हुने भएका छन् । दीक्षान्त समारोह आगामी पुसमा गर्ने गरी तयारी थालिएको छ । ४६ औं दीक्षान्त समारोहमा ५६ हजार सात सय १३ जना दीक्षित हुने भएका हुन् । त्रिभुवन विश्वविद्यालय ६१ औं वार्षिक दिवसले दीक्षित हुनेको संख्या टुंगो लगाएको हो ।

जसअन्तर्गत व्यवस्थापन शकांयका १९ हजार दुई सय ३०, शिक्षा शास्त्र शंकायका १४ हजार आठ सय १२, मानविकी तथा सामाजिकशास्त्र शंकायका ९ हजार ६ सय १५, कानुन शंकायका १ हजार ९ सय १५ जनाले दीक्षित हुने भएका छन् ।

यस्तै, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका ६ हजार एक सय २६, इन्जिनियरिङ अध्ययन संस्थानका २ हजार ८ सय ४४, चिकित्साशास्त्र अध्ययन संस्थानका १ हजार ४ सय ५२, कृषि र पशु विज्ञान अध्ययन संस्थानका ३ सय ९७ र बन विज्ञान अध्ययन संस्थानका २ सय २२ जना दीक्षित हुने भएका हुन् ।

त्रिवि सहकूलपतिसमेत रहेका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको अध्यक्षतामा भएको ६१ औं वार्षिक दिवसमा त्रिवि उपकूलपति प्रा.डा.धर्मकान्त बाँस्कोटाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मितिः २०७७ असार १५ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *