काठमाडौं महानगरमा छुटेकाहरूलाई आज पनि खोप लगाउने व्यवस्था
काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगरका बालबालिकालाई ११ असारदेखि दादुरा रुवेलाविरुद्धको खोप लगाउन थालेको छ। जिल्लाभरका नौ महिनादेखि पाँच वर्ष उमेरसमूहका बालबालिकालाई विशेषरुपमा खोपको व्यवस्था गरिएको हो।
गत वैशाख महिनामा नै लगाउनुपर्ने उक्त खोप कोरोना भाइरस सङ्क्रमणका कारण रोकिएको थियो। विशेष सावधानी अपनाएर ११ असारदेखि बालबालिकालाई दादुरा रुवेलाविरुद्ध खोपको व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ।
आफूलाई सहज हुने स्वास्थ्य केन्द्र र वडा कार्यलयबाट यो खोप सेवा लिन सकिने महानगरपालिकाले जनाएको छ । खोप लगाउन बिहीबार र शुक्रबारको समय निर्धारण गरिएकामा ती दिन छुटेकाहरूलाई सम्बन्धित वडा कार्यालयबाट आज पनि लगाउने व्यवस्था गरिएको हो ।
प्रकाशित मितिः २०७७ असार १३ शनिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१६
मोटरसाइकल दुर्घटना हुँदा बाबुछोरासहित तीन जनाको मृत्यु
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५