तुलसीको उपयोग स्वास्थ्यका लागि फाइदै फाइदा
काठमाडौं । तुलसी बहु उपयोगी औषधीय गुणयुक्त वनस्पती हो । यसको प्रयोगले कैंयौ प्रकारका जटिल रोगसहित साधारण स्वास्थ्य समस्या समेत निको हुन्छ ।
१- तुलसीमा कीटनाशक शक्तिहुने भएकाले तुलसीको पातको लेदो बनाई घाउ, सुन्निएको तथा दुखेको ठाउँमा लेपको रूपमा लगाउँदा लाभ मिल्छ ।
२- ५ देखि १० एमएल तुलसीको पातको रससंग महमिसाएर दिनको दुईदेखि तीन पटकसम्म सेवनगर्दा रुघाखोकि, चिसो, दम, निमोनियालगायतका समस्यामा प्रभावकारी हुन्छ ।
३- बच्चाहरुमा हुने साधारण पेट दुखाई, अपच, अरुचिलगायतका समस्यामा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा तुरुन्तै फाइदा मिल्दछ ।
४- मधुमेह तथा पिसाब सम्बन्धी रोगमासमेत तुलसीको बीउलाई पिसेर लेदोबनाई दैनिक १–३ ग्रामसम्म दुईपटक सेवनगर्दा लाभ मिल्दछ ।
५- विषम ज्वरो होस् वा अन्य रुघाखोकी यस्तोमा पनि तुलसीको पात चपाएर सेवन गर्दा फाइदा पुग्दछ ।
६- घाँटी दुखुको वा घाँटीमा बिमिरा आएको बेला तुलसी, बेसार र नुन उमालेर सेवन गरेमा एक दिनमै घाँटी दुखेको निको हुन्छ ।
७- कुनै रोग नभएको अवस्थामा पनि तुलसीको ३–४ वटा पात चपाएर दिनमा २–३ पटकसम्म त्यसै वा तातो पानीसँग पनि सेवन गर्दा शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढ्दछ ।
प्रकाशित मितिः २०७७ जेठ १९ सोमबार