यस्ता खानकुराले रोगसँग लड्ने क्षमता बढाउँछ

भक्तपुर न्यूज

१८ जेठ २०७७ ५:३६

यस्ता खानकुराले रोगसँग लड्ने क्षमता बढाउँछ

काठमाडौं । हरेक जीवित मानिसको शरीरमा रोग प्रतिरोधात्मक तन्त्र नामको यस्तो संयन्त्र हुन्छ, जसले ब्याक्टेरिया, भाइरस आदिबाट शरीरलाई टाढा राख्छ। अतः रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि खानपान र दिनचर्या निकै महत्वपूर्ण हुन्छ । त्यसो त हाम्रो भान्सामा यस्ता खानेकुरा उपलब्ध हुन्छन्, जसले रोगसँग लड्ने क्षमता बढाउँछ।

प्याज

प्याजमा फ्लेवेनाइड्स नामको तत्व सामेल हुन्छ, जसले हाम्रो शरीरको धमनीमा विशाक्त तत्व जम्मा हुन दिँदैन । यसले सुन्निने समस्या आउन दिँदैन । त्यसैले प्याजको सेवन शरीरको लागि लाभदायक हुन्छ । यसलाई तरकारीमा मिसाएर वा सलादको रुपमा काँचो खान सकिन्छ ।

लसुन

लसुनले हाम्रो शरीरमा ब्लड प्रेसर कम गर्छ । यसमा हुने एन्टिक्यान्सर र एन्टिअक्सिडेन्टले शरीरको विषाक्त तत्व बाहिर निकाल्छ । नियमित रुपमा हरेक बिहान उठ्नासाथ खाली पेटमा लसुन सेवन गर्नुपर्छ । यसले श्वास नलीको समेत सफाइ गर्छ ।

अलसी

अलसीमा ओमेगा ३ फ्याटी एसिड हुन्छ, जसले हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । साथै, पेटलाई पनि सफा राख्छ । हरेक बिहान आधा चम्चा अलसीको बिउ सेवन गर्दा कब्जियतको समस्या रहँदैन ।

कागती

कागतीले एक डिटाक्सीफायरको रुपमा काम गर्छ । नियमितरुपमा हरेक बिहान कागती पानी सेवन गर्नुपर्छ। जसले शरीरमा रहेको विषाक्त पदार्थ बाहिर निकाल्छ ।

बन्दा

सब्जी वा सलादको रुपमा बन्दाको सेवन गर्न सकिन्छ । यो स्वादिलो त हुन्छ नै स्वास्थ्यका लागि लाभदायक पनि हुन्छ। बन्दाले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसले पाचन नलीलाई पनि सफा बनाउँछ ।

च्याउ

च्याउमा एन्टिअक्सिडेन्ट भरपुर मात्रामा हुन्छ । यसले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । च्याउमा भिटामिन डि, बि–१, बि–३, बि–५, बि–६ आदि पाइन्छ । यसले हड्डीलाई पनि बलियो बनाउँछ । तौल घटाउन र सुगर लेबल सही राख्नका लागि च्याउ उपयोगी हुन्छ।

बेसार

बेसार एन्टिअक्सिडेन्टको राम्रो श्रोत हो । यसले रगत शुद्ध बनाउने काम गर्छ । साथै, शरीरको रुप र रंगमा सुधार ल्याउन पनि बेसार उपयोगी हुन्छ । यसले क्यान्सरदेखि अल्जाइमरसम्मका रोगबाट मुक्त गराउने क्षमता राख्छ । बेसारमा रहेको करक्युमिन नामक तत्वले रगतमा सुगरको स्तर नियन्त्रण गर्छ।

व्यायाम र स्वस्थ्य दिनचर्या

सन्तुलित खानपानसँगै नियमित व्यायाम, स्वस्थ्य दिनचर्या पनि आवश्यक हुन्छ, रोग प्रतिरोधात्मक क्षमता विकास गर्नका लागि ।

पानी – पर्याप्त मात्रामा पानीको सेवन गर्नुपर्छ । यसले गर्दा मृगौलाको कार्य प्रणाली चुस्त दुरुस्त रहन्छ । शरीरको विषाक्त पदार्थ बाहिर जान्छ । यसले प्रतिरोधात्मक क्षमता बढ्छ ।

निद्रा– पर्याप्त निद्रा लिनुपर्छ । यदि राम्ररी निन्द्रा पुगेन भने पनि शरीरको रोग सँग लड्ने क्षमता कमजोर हुन्छ । शरीर र मस्तिष्कले सहि ढंगले काम गर्नका लागि ६ देखि ८ घण्टाको निद्रा आवश्यक छ ।

सरसफाइ– रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि वातावरण स्वच्छ हुन आवश्यक छ । किनभने फोहोर मैलाबाट रोगको संक्रमण फैलने भय रहन्छ । त्यसो त वातावरण मात्र होइन आफ्नो लता कपडा, भाँडाकुँडा, ओड्ने ओछ्याउने, पहिरन सबै कुरा सफा हुनुपर्छ ।

प्रकाशित मितिः २०७७ जेठ १८ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *