पेटको समस्यामा यस्ता खानेकुरा हानिकारक

भक्तपुर न्यूज

१६ जेठ २०७७ ४:३२

पेटको समस्यामा यस्ता खानेकुरा हानिकारक

काठमाडौं । कुनै कारणवश पेटमा खराबी भएको बेला कतिपय खानेकुरा खानु उचित हुँदैन । खासगरी पेटको समस्यामा सुपाच्य वा सादा खानेकुरा उचित हुन्छ । तारेको, भुटेको, मसलेदार, माछामासुले थप समस्या निम्त्याउँछ ।

मसालेदार खाना

मसालेदार खाना खानाले पेटमा दुखाई र पेट पोल्ने समस्यालाई अझै गम्भिर बनाउँछ । चिल्लो र धेरै पिरोयुक्त खानेकुरा खानाले पेट दुखेको बेलामा अरु समस्या थप्छ । यसैले मसालेदार खानाको सेवन पेट दुखेको बेलामा नगर्नुहोस् । भुटेको तारेको मासु, चाउमिन, फ्रेन्चफ्राइज जस्ता खानेकुरा खान हुँदैन ।

प्रशोधित खाना

प्रशोधित खानामा धेरै रसायन हुन्छन् । साथै यो छिट्टै पच्दैन पनि । पेट दुखेको समयमा प्रशोधित खानेकुरा खानुहुँदैन ।

एसिडयुक्त खाद्यपदार्थ

एसिडयुक्त खाद्यपदार्थ जस्तै टमाटर आदिको सेवन नगरौं । यसले तपाईंको पेट दुख्ने समस्यालाई अझै बढाउन सक्छ । त्यसैले यसको सेवन गर्नबाट बच्नुहोस् ।

क्याफिनको सेवन

पेट दुखेको बेलामा क्याफिनको सेवन गर्नु हानिकारक हुन्छ । यसैले पेट दुखेको बेला कफीलगायत अन्य क्याफिनयुक्त पेय पदार्थ सेवन नगर्नुहोस् ।

उच्च फाइबरयुक्त खाद्यपदार्थ

धेरै फाइबर युक्त खानाको कारण धेरै दिसा लाग्ने समस्या निम्तन सक्छ। यसैले पेट दुखेको बेलामा उच्च फाइबरयुक्त खानेकुराको सेवनबाट बच्नुपर्छ।

प्रकाशित मितिः २०७७ जेठ १६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *