बालबालिकालाई नियमित खोप दिन सुरु

भक्तपुर न्यूज

१७ वैशाख २०७७ ९:३८

बालबालिकालाई नियमित खोप दिन सुरु

दाङ । नेपाल परिवार नियोजन संघ दाङ शाखाले नियमित खोप दिन सुरु गरेको छ। दुई महिनादेखि रोकिएको नियमित खोप कार्यक्रम संघले आजदेखि दिन सुरु गरेको हो।

लकडाउनको अवस्थामा सामाजिक दूरी कायम गर्दै मंगलबार ३ सय ९० बालबालिकालाई खोप लगाइएको संघको दाङ शाखाका प्रबन्धक वसन्त खनालले बताएका छन्।

अत्यधिक माग आएकाले बालबालिकालाई खोप लगाउन सुरु गरिएको उनले बताए। ‘महिना दिन अघिदेखि अवरुद्ध खोप दिन सुरु गरेका छौ,’ शाखा प्रबन्धक खनालले भने, ‘आज तीन सय बढीलाई खोप दिएका छौँ, अब आगामी शुक्रबार बालबालिकालाई खोप लगाउने कार्यक्रम छ।’

पाँच वर्ष मुनिका बालबालिकाले नियमित रुपमा लगाउनुपर्ने खोप लकडाउनका कारण स्वास्थ्य संस्थाहरु बन्द भएपछि रोकिएको थियो। तर, अभिभावकबाटसमेत चौतर्फी माग भएपछि सेवा सुरु गरिएको खनालको भनाइ छ। साथै, संघले अत्यावश्यक सेवाहरु सुरु गरिएको जानकारी दिएको छ।

प्रकाशित मितिः २०७७ बैशाख १७ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *