कोरोना : मध्यपुरमा आयो सविधायुक्त आइसोलेसन वार्ड संचालनमा

भक्तपुर न्यूज

२ वैशाख २०७७ ९:२३

कोरोना : मध्यपुरमा आयो सविधायुक्त आइसोलेसन वार्ड संचालनमा

भक्तपुर । मध्यपुर थिमी नगरपालिकाले संचालनमा रहेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल मा सविधायुक्त आइसोलेसन वार्ड संचालनमा ल्याएको छ ।

कोरोना भाइरसको जोखिम रहेको बेलामा शंकास्पद विरामीको उपचार गर्न अस्पतालले १० वेडको आइसोलेसन वार्ड, ६ वेड कोभेन्टिलेटर सहितको आइसोलेशन र २० वार्डको क्वारेन्टाइन वार्ड तयार गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिएका छन । वार्डमा पाटेसन गरिएको छ भने भेन्टिलेटरको सर्पोट हुने गरि बनाएको छ ।

विरामी प्रत्यक्ष निगरानि राख्न सिसि क्यामेराको समेत व्यवस्था मिलाएको अध्यक्ष श्रेष्ठले बताए । वार्डमा पाटेसन गरिएको छ भने भेन्टिलेटरको सर्पोट हुने गरि बनाएको छ । विरामी प्रत्यक्ष निगरानि राख्न सिसि क्यामेराको समेत व्यवस्था मिलाएको अध्यक्ष श्रेष्ठले बताए ।

यस्तै विभिन्न १५ मुलुकवाट वाट फर्किएर मध्यपुर थिमीनगरपालिका भित्र बसोवास गर्ने ५३ जना को कोराना परिक्षण गरेको र सवैको रिर्पोट नेगेटिभ आएको अस्पतालले जनाएको छ । यस अस्पतालले कोरोना परिक्षणका लागि आफ्नै मोलिकुर ल्यावमा समेत संचालनमा ल्याएको छ ।

प्रकाशित मितिः २०७६ बैशाख २ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *