चीनमा कोभिड-१९ का १०८ नयाँ बिरामी देखिए
काठमाडौं । चीनको मेनल्यान्डमा कोभिड-१९ का एक सय आठ जना नयाँ बिरामी देखिएका छन्। तीमध्ये ९८ जना भरखरै विदेशबाट आएका चिनियाँ नागरिक हुन्।
बीबीसी र रोयटर्सका अनुसार यसबाट चीनमा कोभिड-१९ को दोस्रो तरंग शुरु हुने जोखिम देखिएको छ। आन्तरिक बिरामी कम हुँदै जाँदा कोरोना भाइरस संक्रमणको उद्गम स्थल वुहानमा ११ सातादेखि लगाइएको लकडाउन गत साता हटाइएको छ।
आइतबार चीनमा कोभिड-१९ का कारण दुई जनाको मृत्यु भयो। हालसम्म चीनमा मृतक संख्या तीन हजार तीन सय ४१ पुगेको छ। यस्तै, कोभिड-१९ को लक्षण देखिएका ६१ जना बिरामी पनि आइतबार रेकर्ड भएका छन्। उनीहरूको परीक्षण भइरहेको अधिकारीहरूले जनाएका छन्। एजेन्सी
प्रकाशित मितिः २०७६ बैशाख १ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१६
मोटरसाइकल दुर्घटना हुँदा बाबुछोरासहित तीन जनाको मृत्यु
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५