भारतमा कोरोना संक्रमणबाट ज्‍यान गुमाउनेको संख्या २६५ पुगे

भक्तपुर न्यूज

२९ चैत २०७६ ७:५२

भारतमा कोरोना  संक्रमणबाट ज्‍यान गुमाउनेको संख्या २६५ पुगे

काठमाडौं। भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्‍यान गुमाउनेको संख्या २६५ पुगेको छ भने ७ हजार ६ सय २६ जनामा कोरोना पोजिटिभ देखिएको छ।

शुक्रबारसम्‍म कोरोनाबाट महाराष्ट्रमा ११० जना, मध्‍यप्रदेशमा ४० जना, गुजरातमा १९ जना, तेलंगनामा १२ जना, दिल्लीमा १४ जना, पञ्‍जावमा ११ जना, मिलनाडुमा ९ जना, राजस्थानमा ८ जनाले ज्‍यान गुमाएका छन् भने पश्‍चिम बंगालमा ७ जना, आन्ध्र प्रदेशमा ६ जना, कर्नाटकमा ६ जना, उत्तर प्रदेशमा ४ जना, जम्मू कश्मीरमा ४ जना, हरियाणामा ४ जना, हिमाचलमा २ जना, केरलमा ३ जना, विहारमा १ जना, चण्डीगढमा २ जना, असाममा १ जना, झारखण्डमा १ जना र ओडिसामा १ जनाको मृत्यु भएको भारतीय सञ्‍चार माध्‍यमले उल्लेख गरेका छन्।

भारतमा सबैभन्दा धेरै ९ अप्रिलमा ३४ जनाको मृत्यु भएको थियो भने १० अप्रिलमा २९ जना, ८ अप्रिलमा २७ जना, ५ अप्रिलमा २३ जना, ७ अप्रिलमा २२ जना र ६ अप्रिलमा २१ जनाको मृत्यु भएको थियो।

यस्तै शुक्रबार मात्रै मध्‍यप्रदेको इन्दौरमा ७५, ६६ र ५२ वर्षका तीनजनाले कोरोनाका कारण ज्‍यान गुमाए। यसँगै यो शहरमा ज्‍यान गुमाउनेको संख्या ३० पुगेको छ। उनीहरु तीनैजना अलग-अलग शहरमा कोरोनाको उपचार गराइरहेका थिए। यता, केरलामा पनि कोरोनाले एकजनाको मृत्‍यु भएको छ।

यस्तै शनिबार मात्रै भारतको चार राज्‍यमा २६ जनामा कोरोना भाइरसको पोजिटिभ देखिएको छ। शुक्रबार मात्रै एकै दिनमा भारतभर ८७१ जनामा कोरोना भाइरसको पोजिटिभ देखिएको थियो। सबैभन्दा धेरै महाराष्ट्रमा २१०जनामा कोरोना संक्रमित देखिएको छ। एजेन्सी

प्रकाशित मितिः २०७६ चैत्र २९ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *