ब्राजिलमा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार
काठमाडौं । ब्राजिलमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । दक्षिण अमेरिकी देश ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसका कारण कम्तिमा एक हजार ६८ जनाको मृत्यु भएको हो ।
यस्तै १९ हजार ७८९ जनामा संक्रमण पुष्टि भएको छ । ब्राजिलका अधिकांश राज्यका गभर्नरहरुले क्वारेन्टाइनमा बस्नु पर्ने नियम लागु गरेका छन् । तर राष्ट्रपति जायर बोल्सोनारोले भने लगातार त्यसको विरोध गर्दै आएका छन् ।
कोरोना भाइरसको महामारी अहिले नै उच्च तहमा नपुगेको स्वास्थ्य अधिकारीले बताएका छन् । विशेष गरी गरिब इलाकामा महामारी थेग्नै नसक्ने गरी फैलिन सक्ने चेतावनी दिइएको छ ।
प्रकाशित मितिः २०७६ चैत्र २९ शनिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५