वैशाख र जेठमा संचालन गरिने त्रिविका परीक्षा स्थगित

भक्तपुर न्यूज

२८ चैत २०७६ ६:१३

वैशाख र जेठमा संचालन गरिने त्रिविका परीक्षा स्थगित

काठमाडौं । कोरोना भाइरसको प्रकोपलाई ध्यानमा राख्दै त्रिभुवन विश्वविद्यालयले आगामी वैशाख र जेठमा सञ्चालन गर्ने भनिएका परीक्षाहरु स्थगित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बिहीबारको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि बैशाख र जेठका सबै परीक्षाहरु स्थगित गरिएको हो ।

परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल बैशाख र जेष्ठमा सञ्चालन गरिने विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फका ४ वर्षे बिएस्सी, बिबिएस र बिएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा र पोष्ट ग्राजुएट डिप्लोमा इन काउन्सेलिंङ् साइकोलोजी, स्कुल साइकोलोजी, र पोष्ट ग्राजुएट इन उमन स्टडीजका पुरा तथा आंशिक परीक्षा स्थगित गरिएको हो ।

कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै परीक्षाका कार्यक्रम स्थगित गरिएको त्रिविले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मितिः २०७६ चैत्र २८ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *