कोरोना : भारतमा मृत्यु हुनेको संख्या १६६ पुगे
काठमाडौं । भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १६६ पुगेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बिहीबार बिहानसम्म संक्रमितको संख्या पाँच हजार ७३४ पुगेको छ ।
अहिलेसम्म ४७२ संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। भारतमा दिल्ली तथा उत्तर प्रदेशमा संक्रमण अरु क्षेत्रमा भन्दा बढी देखिएको छ । यसलाई मध्यनजर गरेर दिल्ली तथा उत्तर प्रदेश सरकारले हटस्पट इलाकालाई सिल गर्ने घोषणा गरेका छन् ।
दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले दिल्लीका २० क्षेत्र सिल गर्ने र ती क्षेत्रमा अत्यावश्यक सेवाको कमी हुन भने नदिने बताए । दिल्लीमा मास्क लगाउन अनिवार्य गरिएको छ । यस्तै उत्तर प्रदेश सरकारले राज्यका १५ जिल्लालाई हटस्पट घोषणा गरी सिल गर्न निर्देशन दिएको छ।
प्रकाशित मितिः २०७६ चैत्र २७ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५