अमेरिकामा कोरोना भाइरसबाट एकै दिन १ हजार ७ सय ३६ जनाको मृत्यु
काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट एकै दिन मृत्युको संख्या हालसम्मकै उच्च भएको छ । वर्ल्डोमिटरका अनुसार मंगलबार अमेरिकामा कोरोना भाइरसबाट १ हजार ७ सय ३६ जनाको मृत्यु भएको हो । यससँगै अमेरिकामा यो भाइरसबाट मृत्यु हुने मानिसको संख्या १२ हजार ७ सय २२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा ३३ हजार ३ सय १९ जना नयाँ संक्रमित फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ४ लाख ३ सय २३ पुगेको छ । संक्रमितमध्ये ९ हजार १ सय ६९ जना संक्रमितको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
२१ हजार ६ सय ७४ जना संक्रमित सफल उपचारपछि घर फर्किएका छन् । हालसम्म अमेरिकामा २० लाख ७५ हजार ७ सय ३९ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ ।
प्रकाशित मितिः २०७६ चैत्र २६ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५