सुन्न नसक्ने व्यक्तिका लागि विशेष मास्क

भक्तपुर न्यूज

२६ चैत २०७६ ६:२०

सुन्न नसक्ने व्यक्तिका लागि  विशेष मास्क

काठमाडौं । कोरोना भाइरस महामारी फैलिएँगै विश्व बजारमा विभिन्न स्वास्थ्य सामाग्रीहरूको अभाव भएको छ । मास्कको अभाव भएका कारणले मानिसहरूले आफैं सजिलै तरिकाले बनाउन प्रोत्साहित गरिरहेका छन् ।

कान सुन्न नसक्ने मानिसहरूलाई बजारमा उपलब्ध मास्कहरू निकै असजिलो भएको ठहर गर्दै अमेरिकामा कलेज पढ्ने २१ वर्षीय किशोरीले विशेष मास्क तयार गरेकी हुन् ।

अमेरिकको इस्टर्न केन्टकी विश्वविद्यालयमा सुस्त श्रवण विषयमा अध्ययन गरिरहेकी एस्ले लरेन्जले बहिरा व्यक्तिहरूका लागि उपयुक्त मास्कहरूको आपूर्ति धेरै सीमित भएका कारण श्रवणशक्ति नभएका मानिसहरूका लागि विशेष प्रकारको मास्क बनाएकी हुन् । उनी आफैं पनि अहिले सेल्फ आइसोलेसनमा छिन् ।

एस्लेले श्रवणशक्ति नभएका मानिसहरूको पीडालाई बुझेर कान नसुन्ने र बोल्न नसक्ने मानिसहरूका लागि आफ्नै आमासँग मिलेर विशेषखालको मास्क उत्पादन गरिरहेकी छिन् ।

घरमै सिलाएर तयार पारिएको उक्त मास्कमा मुख देखिने गरि प्लास्टिक राखिएको छ । मुखमा प्लास्टिक भएका कारण श्रवणशक्ति नभएका व्यक्तिहरूले सांकेतिक भाषासहित ओठ चलाएको कुरा देखेर सांकेतिक भाषा बुझ्छन् ।

आफूले उत्पादन गरिरहेका मास्क उनी श्रवण शक्ति नभएकाहरूलाई निःशुल्क रूपमा वितरण गरिरहेकी छन् ।आफूले बनाएको मास्क फेसबुकमा राखेपछि उनको कामको तारिफ गर्दै यस्ता मास्कहरूलाई विभिन्न ठाउँबाट अर्डरसमेत गरिएको छ । एजेन्सी

प्रकाशित मितिः २०७६ चैत्र २६ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *