स्वास्थ्यकर्मीलाई कोरोनासम्बन्धी तालिम दिन सरकार समक्ष माग

भक्तपुर न्यूज

७ चैत २०७६ ११:१०

स्वास्थ्यकर्मीलाई कोरोनासम्बन्धी तालिम दिन सरकार समक्ष माग

काठमाडौं । नेपाल चिकित्सक संघले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसँग जुध्नका लागि स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

संघले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा प्रवाह गर्दा पहिलो सम्पर्कमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरू रहने हुनाले नेपाल सरकारले विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम कोरोना भाइरसबाट संक्रमित व्यक्तिहरूको उपचारमा अपनाउनु पर्ने वैज्ञानिक विधि सहितको तालिम यथाशीघ्र उपलब्ध गराई स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको क्षमता अभिवृद्धि गर्न सरकार समक्ष माग गरेको छ ।

संघका महासचिव डा. बद्री रिजालले चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक औजार, उपकरण तथा संक्रमणबाट जोगिन सक्ने सामग्री सहजरूपमा उपलब्ध गराउन सरकार समक्ष अनुरोध गरे ।

देशभरका अस्पताल वा स्वास्थ्य संस्थाहरूमा आकस्मिक शल्यक्रिया र आकस्मिक सेवाबाहेकका सेवा स्वास्थ्यकर्मी तथा चिकित्सकहरूले सुरक्षित वातावरणमा प्रवाह गर्न समेत संघले अपिल गरेको छ ।

प्रकाशित मितिः २०७६ चैत्र ०७ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *