एसइईको प्रवेश पत्र दिन घुस लिएको अभियोगमा प्रधानाध्यापक पक्राउ
जनकपुरधाम । धनुषामा एक प्रधानाध्यापक दुई हजार घुससहित पक्राउ परेका छन्। धनुषाको मिथिला नगरपालिका २ नक्टाझिज स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र महतो बुधबार दिउँसो घुससहित रंगेहात अख्तियारको फन्दामा परेका हुन्।
एसइईका एक परीक्षार्थीलाई प्रवेश पत्र उपलब्ध गराउन दुई हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले पक्राउ गरेको हो।
बिहीवारदेखि शुरु हुन लागेको एसइई परीक्षाको फारम अघि नभरेको बहाना बनाउँदै प्रअ महतोले प्रवेश पत्र उपलब्ध गराउन एक परीक्षार्थीसँग २ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ।
प्रकाशित मितिः २०७६ चैत्र ०५ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
९ जेठ २०८२ १२:२२
अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको हत्या
९ जेठ २०८२ १२:२०
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
९ जेठ २०८२ १२:२४
आज सुन तोलामा १७ सय रुपैयाँ वृद्धि
९ जेठ २०८२ १२:२५